‘नेपाल हातमा सूनको कचौरा लिएर कनिका माग्न बसेको विचित्रको देश हो’ ।
एक जना चिनियाँ विद्वानले केही समय अघि यसै भनेका थिए । वास्तबमा उनले ठीक भनेका हुन् । हामी सँग सूनको ‘कचौरा’ मात्र होइन, प्रकृतिले दिएको अथाह सम्पत्ति छ । तर, हामीले त्यो सम्पदा चिन्न समेत सकेका छैनौँ ।
के हुन् त्यस्ता सम्पत्ति ? हामीले के गर्नु पर्छ ? कसरी ? अनि, उपलब्धि के हुनेछ ?
यस्ता गम्भीर प्रश्नको जवाफ प्राध्यापक डा. सत्यालले दिनु भएको छ ।
www.nepalpolity.com तथा नेपाल पोलिटी यूट्यूब च्यानेलका सम्पादक, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेल सँग कुरा गर्दै प्राध्यापक डा. विकाशराज सत्यालले प्रस्तुत गर्नु भएका तथ्य, तथ्याङ्क, र बिचारका साराँश ।
यस बारेमा बिस्तृत जानकारीका लागि ३७ मिनेटको भिडियो कुराकानी यहाँ संलग्न गरिएको छ ।
नेपालले पाएका अनेक प्राकृतिक सम्पदा मध्ये ‘लोक्ता’ र ‘अर्घेली’ जातका झाडी महत्वपूर्ण छन्, जसमा समृद्धिको अपार सम्भावना छ । यसलाई निर्यात गर्न सके त्यसै खेर गएको यो हिमाली जंगली झाडीले नेपालीको दरिद्र छविको कायाकल्प नै गर्न सक्छ ।
यदि विशेषज्ञहरूको आकलन अनुसार, १ सय करोड (एक अर्व) टनको, आधा मात्र लोक्ता संकलन गरेर सुकाएर निर्यात गर्न सके नेपाली बजार भाउ अनुसार १ सय ७० खर्ब कमाउन सकिन्छ ।
मलेसियाले रबर र अस्ट्रेलियाले ओकको काठलाई चक्ला बनाउँदै एकातिरको काट्दै अर्कोतिर हुर्किन दिँदै गरे जस्तै लोक्ताको व्यवस्थापन गर्न सके यो बुट्यानबाट हरेक वर्ष हामीलाई सयौँ खर्वको आम्दानी हुन सक्छ ।
तसर्थ, यो यक्ष प्रश्न हामी सबै नेपालीलाई हो, वुद्धिजीवीहरूलाई हो, अर्थशास्त्रीहरूलाई हो, देशको नेतृत्व गर्ने वर्गलाई हो — के हामी सधैं भिक्षापात्र लिएर अरूको दयाको आशा गरेर, अरूको थिचोमिचो र प्रपञ्च सहेर बाँचिरहने ? वा ‘ल हेर, हामीसँग यस्तो विशिष्ट चिज छ, जो संसारकै लागि उपयोगी र कल्याणकारी छ’ भनेर गर्वका साथ व्यापार गरेर समृद्ध जनता बनेर छाती फुलाएर बाँच्ने ?
No comments:
Post a Comment