Saturday, May 23, 2020

बन्दाबन्दीको ढाँचा फेर्दै आर्थिक क्रियाकलाप(जेठ ८, २०७७ कारोबार)

"कोरोनाका कारण देशबन्दीको स्थिति लम्बिने निश्चित छ । यस्तै प्रकारले बन्दाबदी भैरहे कोरोनाले भन्दा खाननपाएर बढी मान्छे मर्नेछन।"
कोरोनाले गर्दा बन्दाबन्दीको अवधि जति लम्बिँदैछ ‘कहिलेसम्म यसरी थुनिएर बस्ने’ भन्ने बेचैनी त्यत्तिकै बढ्दै छ । आ–आफ्नो पेसाका काम ः स्कुल–कलेज, व्यापार-व्यवसाय, खेतीपाती, यसैगरी कतिन्जेल बन्द राख्ने भन्ने अन्योल बढ्दै छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ संसारबाट निमिट्यान्न कहिल्यै हुनेछैन । सन् १९१८ मा संसारमा धेरैतिर फैलिएको ‘स्प्यानिस फ्लु’ र दशाब्दीअघि संसारका अनेकन् देशका देखिएको इबोला, सार्स र मार्सका जीवाणु अझै यो संसारमा छँदैछन्, तर यी पुराना रोगका जीवाणुले अहिले मानिसलाई पहिलाजस्तै घातक हानि पुयाउन छाडेका छन्, किनकि अहिले मानिसको जीउमा यी रोगसँग लड्ने प्रतिरोधक क्षमता बन्दै गएको छ । यस्तै तरिकाबाट सायद ८–१० महिनापछि विश्वले कोभिड–१९ बाट छुट्कारा पाउनेछ ।
नेपालमा यो कोरोनाको प्रभाव भर्खरै मात्र देखिन थालेको छ । रोग जाँच्ने हाम्रो क्षमता नभएर मात्र सुरुमा कम प्रकोप देखिएको रहेछ । सही किट नहुनु, अपर्याप्त किट हुनाको कारण न्यून संख्यामा मात्र जाँच्न सक्नु, सम्भावित संक्रमितहरूको पहिचान र जाँचको सही योजना नहुनु आदिले गर्दा मात्र सुरुका दिनमा यसको संख्या न्यून देखिए पनि अब जाँच्ने क्षमता बढेसँगै प्रकोपको संख्यामा ज्यामितीय वृद्धि देखा पर्न थालेको छ । नेपालमा देखिएका संक्रमितहरूको प्रमुख सम्बन्ध भारतमा मजदुरी गर्नेहरू नै हुन्, जो केही महिनादेखि ठूलो संख्यामा नेपाल भित्रिन थालेका थिए । भारतबाट फर्किनेको यो लर्को अझै कायमै रहेकाले नेपालमा यसको संक्रमण, आउँदो २–३ महिना अझै उच्च गतिमा बढ्ने र त्यसपछिको २–३ महिना अर्थात् कात्तिकतिर मात्र यो ओरालो लाग्दै घट्दै जाने देखिन्छ ।
तसर्थ यो प्रकोपको असर पूरा सकिन अझै निकै महिना कुर्नुपर्ने छ ।
अहिले घरभित्रै बसे पनि हाम्रा खाद्यान्न, तरकारीको जरुरत घटेको छैन । यसको आपूर्ति, अहिले पहिला गरिएको उत्पादनले नै धान्दै छ । तर, यसैगरी घरभित्र बसिरहने हो भने केही समयमा खाद्यान्न, तरकारी पनि सकिने नै छ । नेपालका विश्लेषकहरूले आउँदा दिनहरूमा अकल्पनीय खाद्यान्न र आर्थिक संकटमा देश पुग्ने आकलन गरेका छन् । तर, आउँदा दिनहरूमा स्वास्थ्य, खाद्यान्न र आर्थिक संकटले मात्र हामीलाई घेर्ने होइन, समस्याहरू बहुआयामिक हुनेछन् । लाखौंको संख्यामा रोजगारी गुमेका छन्, बैंकको ऋणभारले उद्योगीहरूको ढाड भाच्दैछ । यस्ता परिस्थितिले पारिवारिक, मानसिक तनाव, घरेलु हिंसा बढाउँदै गएको छ र आउदा दिनहरूमा यसले सामाजिक अपराध, लुटपाट, चोरी पनि बढाउनेछ ।
शिक्षाक्षेत्रमा करिब १ वर्षको क्षति पुग्ने देखिन्छ । शुल्क लिनलाई केही निजी विद्यालयहरूले अनलाइन पढाइ थालेको भए पनि यो स्तरीय छैन । सरकारी शिक्षण संस्थाहरू र ग्रामीण भेगमा जहाँ न सधैं बिजुली छ, न कम्प्युटरजस्ता उपकरण सबैसँग छ, न त्यस्ता माध्यमले पढाउन सक्ने शिक्षक नै छन्, यो अनलाइन निरर्थक छ । अझ यसले ‘हुने र नहुने’को बीचको दूरी बढाउने देखिन्छ ।
पर्यटन क्षेत्रको मेरुदण्ड भाँचिएको छ । यसमा संलग्नहरू आउदो १–२ वर्षसम्म तङ्ग्रिने सम्भावना नै छैन । नेपालका अधिकांश उद्योग कुनै दुरदृष्टि राखेर, देशको कच्चापदार्थमा आधारित भएर चलेका होइनन् । भटमासको तेल, सुपारी र पामआयलजस्ता बाहिरी देशका कच्चापदार्थमा नेपालको छाप लगाएर बनेका हुन् । तसर्थ यस्ता उद्योग बन्द भएमा केही हजारको रोजगारी र थोरै राजस्वमा असर पर्नेबाहेक ठूलो महत्वका छैनन । बैंकलगायतका सेवा यसै भुमरीमा परेकाले संकटमा छन् । च्याउ उम्रेजस्ता अनगिन्ती बैंकहरूलाई मर्जिङ गरी ८–१० मा झार्ने सुनौलो मौका अहिले राष्ट्र बैंकलाई छ ।
अहिले, सबैभन्दा भरपर्दो र देशको स्थिति फेर्न सक्ने क्षेत्र कृषि र यसमा आधारित कुटिर उद्योग हो । वैदेशिक रोजगारीबाट देश फर्केका र गाउँ पुगेकाहरूको ठूलो जमात अहिले देशमा छ । यसको उचित परिचालन गर्न सक्नु अहिलेको देशको आवश्यकता र मौका हो । तर, हालै सरकारद्वारा प्रस्तुत, असामान्य संकटकालको नीति तथा कार्यक्रममा यो जनशक्ति परिचालनका लागि यस्तो कुनै ‘लक्षित योजना’ देखिन्न । त्यसैले आउँदा दिनहरूमा सरकारले यो मौकाको सदुपयोग गर्नेमा शंका छ ।
कोरोनाका कारण देशबन्दीको स्थिति लम्बिने निश्चित छ । हाम्रा आर्थिक, रोजगारी र खाद्यान्नका संकट गहिरिने निश्चित छ । त्यसैले समयमा नै केही निम्नबमोजिमका कदम चालेमा आउँदा दिनमा देशका लागि राहत र पारवारिक सुरक्षा हुन सक्ने देखिन्छ, जसका लागि सरोकारवाला, स्थानीय सरकारहरू, गाउँ-नगरपालिका र केन्द्रीय सरकारले समयमै ध्यान पुयाउन आग्रह पनि छ ।
१. यो संकट यस शताब्दीकै भयावह र विश्वव्यापी भएकाले वर्तमान सरकारले एक्लै समाधान गर्न नसक्ने हुनाले यसको व्यवस्थापनका लागि अधिकारसम्पन्न ‘सर्वदलीय समिति’ गठन गर्ने ।
२. गुणस्तरीय किट र अन्य उपकरणको मोटामोटी संख्या आकलन गरी त्यो ल्याउन चीन या अन्य सम्भाव्य देशमा अविलम्ब सम्पर्क गर्ने । त्यहाँका राजदूतहरूलाई यसमा सक्रिय गराउने । छोटो समयमा यसको खरिदका लागि यही सर्वदलीय समितिले खरिद नियमावली संशोधन गरी किन्ने व्यवस्था मिलाउने । खरिदका लागि बजेटमा अन्य खर्च कटौती गरेर व्यवस्थापन गर्ने । बजेट कटौती गर्न सकिने सम्भाव्य क्षेत्रहरू हुन् ः संसद् विकास कोष, चालू खर्च कटौती, विकास–निर्माण, यातायात, उद्योग आदिमा नियन्त्रण ।
३. देशलाई ८–१० महिना लामो बन्दाबन्दीमा राखे खाद्यसंकट र बेरोजगारीले गर्दा धेरै घरबार बिग्रिने र मानिसहरू ठूलो संख्यामा मर्ने हुनाले आर्थिक क्रियाकलापलाई सँगसँगै सुचारु गर्नु जरुरी छ । त्यसैले देशलाई भारतले जस्तै हरियो, गुलाफी र रातो क्षेत्रमा छुट्याएर, प्रत्येकमा बन्दाबन्दीको ढाँचा फरक अपनाउने ।
४. भारतबाट आउनेको अत्यधिक भीड देखिएका तराईका केही क्षेत्रहरू नै नेपालमा कोरोना फैलाउने ढोका देखिएको छ । नेपालगन्ज, वीरगन्ज, गौरजस्ता सीमावर्ती क्षेत्रलाई उच्च जोखिमको रातो क्षेत्र घोषणा गरेर त्यहाँ कठोर बन्दाबन्दी गर्ने । यस्ता ढोकाहरूबाट भित्रिन खोज्ने नेपालीलाई लुकीछिपीभन्दा मुख्य ढोकाहरूबाट नै आउन प्रोत्साहित गर्ने र तिनीहरूलाई क्वारेन्टाइनमा राख्ने । अहिले होटल, स्कुलहरू सबै खाली भएकाले त्यस्तैमा सरकारले क्वारेन्टाइनमा बस्न यथेष्ठ न्यूनतम आवश्यक व्यवस्था, खानपिन र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउने । यो अत्यन्त संवेदनशील रातो क्षेत्रको व्यवस्थापन र कडाइले देशभित्रका बाँकी क्षेत्रमा कम ध्यान दिए पुग्छ । त्यसैले यहाँ यथेष्ट प्रहरी, सेना र स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । जेठ ४ गते नेपालगन्जछेउको नरैनापुरस्थित क्वारेन्टाइनको समाचार सुन्दा त्यहाँ जनतालाई खाने, पिउने, बस्ने व्यवस्था राम्रो नभएको र ग्रामीण जनतालाई कोरोनाको संक्रमणता र क्वारेन्टिनको महत्वबारे उचित ज्ञान नभएको देखिन्छ । यो ज्ञान सिमानाका सबै गाउँबस्तीमा फैलाउनु अत्यावश्यक छ ।
५. रातो क्षेत्रसँग जोडिएका सहर-गाउँका छिमेकी क्षेत्र या त्यहाँबाट सहरी क्षेत्र जाने बाटोलाई गुलाबी क्षेत्र मान्न सकिन्छ, जस्तो ः भैरहवा, नेपालगन्ज, दाङ, उदयपुरको भुल्के । यहाँ हल्का सतर्कताका साथ कृषि र व्यापार चलाउन सकिन्छ । यस्ता क्षेत्रका २० प्रतिशत घुमन्ते जनताको स्याम्पलिङ विधिद्वारा स्वाब परीक्षण गर्ने ।
६. बाँकी देशका क्षेत्रलाई हरियो क्षेत्र घोषणा गरी यहाँ बाहिरबाट भित्रिन नसक्ने बनाई अत्यावश्यक सेवाहरू, व्यापार र कृषि तुरुन्त सुरु गर्ने । यस क्षेत्रका १० प्रतिशतको चक्रीय स्याम्पलिङ विधिद्वारा स्वाब परीक्षण गर्ने ।
७. देशमा भएका सरकारी स्वास्थ्य निकायहरू— क्षेत्रीय, स्थानीय अस्पतालहरूमा कोरोना परीक्षणको भिन्दै एकाइ छुट्याउनुपर्छ । यही सुविधा ठूलो जनसंख्या भएका सहरी क्षेत्रका निजी अस्पतालहरूबाट पनि गर्न पाउनु विश्वव्यापी संक्रमणमा सरकारको पूर्ण अधिकार र निजीको नैतिक जिम्मेदारी हो । यस्ता कोरोना परीक्षण एकाइमा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक उपकरण उपलब्ध हुनुपर्छ ।
८. राजधानी उपत्यकाको हकमा बाहिर जिल्लाबाट आउनेलाई कडाइसँग रोक्न जगाते र नागढुङ्गामा होइन, बर्दिवास र मुग्लिङमा नै रोक्नुपयो र सरकारी कार्यालय, मन्त्रालयहरू, बैंकलगायत आर्थिक गतिविधि बिस्तारै खोल्दै जानुुपयो ।
अहिले भारत र तेस्रो देशबाट, नेपालका विभिन्न सहरबाट गाउँमा युवा जम्मा भएका छन् । वर्षौंदेखि सुनसान भएका गाउँमा शक्ति र ज्ञान सिकेका युवाहरूलाई कृषिमा लगाएर अहिलेको आर्थिक संकट, खाद्यान्न आभाव न्यूनीकरण गर्ने र देशको उत्पादनशीलता बढाउने राम्रो अवसर देशको नेतृत्वले पाएको छ, जसलाई उपयोग गर्न त्यहीअनुसारको बजेट र योजनाहरू तर्जुमा गर्नु आजको आवश्यकता हो ।

Monday, May 4, 2020

बिल गेट्स र कोरोनाग्रस्त नेपाली अर्थतन्त्र( बैशाख २१, २०७७ कारोबार)

उसै त गरिब राष्ट्र, त्यसमा पनि बन्दाबन्दीले निम्त्याएको आर्थिक संकट, नेपाल आउँदा केही वर्षसम यो दुश्चक्रमा नराम्ररी पीडित हुने निश्चित छ ।
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स एक्लो व्यक्ति हुन् जसको नाम फोब्र्स पत्रिकामा २१ वर्षसम्म विश्वका सबैभन्दा धनाढ्यको सूचीमा आएको थियो । झन्डै ९० अर्ब डलरका मालिक गेट्स, धनाढ्य भएर मात्र चर्चामा आएका होइनन्, विश्वको गरिबी र रोगको लडाइँमा सबैभन्दा बढी चिन्तनशील, आर्थिक सहयोगी र ऊर्जावान् विचारका लागि चिनिएका व्यक्ति हुन् यिनी । सन् २०१५ मा आफ्नो ‘टेडटक’ माउनले, निकट भविष्यमा नै यस्तो महामारी आउने र त्यसको बचावटका लागि विश्वभरिका सरकारहरूले तयारी थाल्नुपर्ने विचार राखेका थिए, जसलाई विश्वले समयोचित ध्यान दिन सकेन, अहिले स्थिति सम्हालिनहम्मे परेको छ ।
विश्वमा पोलियो, एड्स, इबोलाजस्ता रोगहरूको अनुसन्धान, औषधिका लागि निरन्तर सबैभन्दा बढी आर्थिक सहयोग गर्ने बिल एन्ड मेलिन्डा गेट फाउन्डेसनले गत फरवरीमा १० करोड डलर कोरोनासम्बन्धी खोप र अनुसन्धानलाई दिएको थियो । अहिले, अलिबाबाका ज्याक माँ र अमेजनका जेफ बोजोसलगायतका व्यापारीहरूले पनि हृदय खोलेर संसारभर सहयोग गरिरहेका छन् । तर यता हाम्रा व्यापारी र राजनीतिकर्मीको ध्यान भने यो विकट बेलामा समेत अनैतिक हतकण्डाबाट कमाउनमा नै रमाइरहेकोे देखिँदैछ ।
उसै त गरिब राष्ट्र, त्यसमा पनि बन्दाबन्दीले निम्त्याएको आर्थिक संकट, नेपाल आउँदा केही वर्षसम यो दुश्चक्रमा नराम्ररी पीडित हुने निश्चित छ । विश्व नै यो शताब्दीकै चरम आर्थिक संकटमा परेका बेला हाम्रोे सोचमा केही परिवर्तन नआउने हो भने २०७२ सालको नाकाबन्दी र भैंचालोले पारेको शून्यनजिकको आर्थिक वृद्धिभन्दा अत्यन्तै नकारात्मक वृद्धिको दयनीय स्थितिमा देश पुग्नेछ र वैदेशिक सहयोग दिने राष्ट्रहरू पनि आफ्नो हात टकटक्याउँदै उतर्सिनेछन् ।
अहिले संसारभरिको ध्यान आफ्ना नागरिकको ज्यान जोगाउनेमा केन्द्रित छ, जसले गर्दा उत्पादनको बिग्रिँदो स्थितिबारे ज्यादै कम सोचिएको छ । तर, बिस्तारै खोप र औषधि बन्दैछन्, आफ्नो बचाउका प्रयास सबै देशहरू गर्दैछन् । बिल गेट्सले हालै आफ्नो लेखमा अहिलेको यो स्थिति सुध्रन र पुरानो लयमा विश्वको बजार फर्कन, खोप र औषधि तयार हुनुपर्ने र त्यसका लागि कम्तीमा अठार महिना लाग्ने अनुमान गरेका छन् । यो माहामारी शान्त भएपछि सम्पूर्ण विश्वको ध्यान उत्पादन र सेवाको भताभुंग स्थितितिर केन्द्रित हुनेछ । तर, यो दौरान नेपाल चरम आर्थिक संकटमा फस्दै जाने देखिन्छ । नेपालको प्रमुख समस्या— पर्यटक नआउनु, उद्योग व्यापार नचल्नु, डलर सञ्चिति बिग्रिँदा आयातका लागि वैदेशिक मुद्रा अपुग हुनु र देशभित्रको रोजगारी तथा भारत एवं तेस्रो मुलुकबाट फर्केका नेपालीलाई खुवाउन, हेरचार गर्न हम्मे पर्नेछ ।
इस्वी संवत् २०२० को सुरुवातसँगै नेपालले भ्रमण वर्ष घोषणा गरेको थियो, जो पहिलो गाँसमै ढुंगा परेझैँ बन्यो । भ्रमण वर्षका लागि धेरै होटल, रिसोर्ट, पर्यटनस्थल थपिएका थिए । यस्ता व्यवसायमा गरिएका लगानीको भारले व्यवसायीहरू थला परेका छन् । अहिले नेपालको अर्थतन्त्रको एकतिहाइ हिस्सा बनेको विप्रेषणमा ३० प्रतिशतको ह्रास आएको छ । कोरोनाले विश्वभरिको रोजगारी बजार तहसनहस पारेको छ । नेपाली अर्थतन्त्रको ३० प्रतिशत हिस्सा ओगटेको विप्रेषणको भविष्य अहिले अन्धकार देखिँदैछ । मलेसिया, कतार, दुबईजस्ता देशमा काम गरिरहेका नेपाली चाँडै नै देश फर्किने सम्भावना देखिन्छ । लाखांैको संख्यामा अहिले भारतमा काम गर्ने फर्किंदै छन् । यो संख्यामा तेस्रो मुलुकमा गएका नेपालीहरू जोडिँदा २०–२५ लाखको हाराहारीमा हुन आउँछ । यो अचानक बढेको जनसंख्यालाई खाद्यान्नलगायत उपभोगका अन्य सामानको आवश्यकता बढ्नेछ, जसका लागि सरकार कुनै न कुनै रूपमा जिम्मेवार हुनुपर्ने नै छ ।
नेपालका अधिकांश उद्योग विदेशी कच्चापदार्थमा निर्भर छन् । उद्योग चलाउने यस्ता कच्चापदार्थ नै कुल आयातको १८.५ प्रतिशत हुने गर्छ, जो अहिले बन्द छ । त्यसकारण विदेशको स्थिति सामान्य नहुन्जेल हाम्रा उद्योगका मेसिन चल्नेछैनन् । त्यसैले उद्योग सुचारु हुन, मजदुरले काम पाउन, उत्पादन निर्यात गरी राजस्व संकलन हुन निकै समय लाग्ने निश्चित छ ।
जनसंख्या पनि पुँजी हो र नेपालको झन्डै ३ करोडको जनसंख्याको उचित परिचालनले देशको अपुग आपूर्ति र व्यापारघाटा नियन्त्रण गर्न सक्छ । अर्थशास्त्रका धुरन्धर माल्थस र कार्लमाक्र्स दुवैले आआफ्नै तरिकाबाट उपभोग र जनसंख्याको समीकरणको व्याख्या गरेका छन् । माल्थसले मानव जनसंख्याको वृद्धि तीव्र हुने र खाद्यान्न उत्पादनको दर सुस्त हुने कारण समायोजन गर्न प्रकृतिले माहामारी, रोग, अनिकाल प्रादुर्भाव गराउने भनिरहँदा माक्र्सले मानिस जन्मदा एउटा खाने मुख मात्र होइन, दुईवटा हातसमेत ल्याउने हुनाले यस्तो संकट आउँदैन, प्रविधिको प्रयोगले उत्पादन पनि त्यसैगरी बढाउन सकिन्छ भन्ने व्याख्या गरे । तसर्थ जनशक्ति पनि पुँजीको रूप हो भन्ने व्याख्या माक्र्सवादले गरेको छ । हुन पनि चीन, भारत, अमेरिकाजस्ता देशको अन्तरिक उपभोग नै उनीहरूका उद्योग चल्न पर्याप्त देखिन्छ, अर्थात् जनसंख्या नै पुँजी हो भन्ने माक्र्सको धारणामा वजन देखिन्छ । तर, पुँजीको रूपमा रहेको नेपालको ठूलो युवाशक्ति भने लामो समयदेखि विदेशमा रोजगारी गर्दैछ ।
विप्रेषणले मात्रै नेपालमा डलर सञ्चितिका लागि झन्डै ६४ प्रतिशत भरथेग गरेको थियो । नेपालको उपभोगको ९० प्रतिशत बाहिरी उत्पादनमा निर्भर छ, जसका लागि आफूसँग डलर हुनु आवश्यक छ । अहिले बाहिरबाट गरिने सम्पूर्ण खरिदका लागि हामीसँग बजारमा महँगिदै गएको डलर अपुग हुँदै गएको छ । वैदेशिक लगानी र सहयोगबाट डलर भित्रिने सम्भावना त्यति छैन ।
विदेशमा रहेका नेपाली त्यहाँको भौतिक निर्माण, उद्योग, कृषि, प्रतिरक्षा, शिक्षा, अतिथि सत्कार, स्वास्थ्य, कम्प्युटरजस्ता सेवामा संलग्न देखिए पनि राष्ट्र बैंकको प्रतिवेदनअनुसार करिब ८५ प्रतिशत कृषि र उद्योगका काममा नै संलग्न देखिन्छन् । किन यस्तो भएको, किदेशमा नै अत्यन्त खाँचो रहेका यस्ता कामहरू, नेपालीले स्वदेशमा नै नगरेर विदेश जाने र त्यो पनि ऋण लिएर ? यो प्रश्न देशका नीति–निर्माताले बुझ्न जरुरी छ र तिनीहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनु राजनीतिक नेतृत्वको प्रमुख भूमिका हुनुपर्छ । यो कोरोनाको कहरपछि आक्रान्त विश्वको गति पुरानै लयमा जान निकै समय लाग्ने देखिन्छ, तर अहिलेको यो विषम परिस्थितिलाई उचित नीति र योजनाले जोड्ने हो भने यो कोरोनाको विश्व संकट, स्वदेशका लागि अद्भुत सुखद संयोग समेत देखिन्छ, देशको चरम परनिर्भरता हटाउन र विदेशको ज्ञान लिएर आएका युवालाई देशमा टिकाउन ।
नेपालको भविष्य स्वदेशी उत्पादनमा नै छ, मुख्यतः कृषिउपज र त्यसको अर्धप्रशोधित उत्पादनमा । यो कोरोनाको विश्वव्यापी विपद्ले फेरि हाम्रो भविष्य त्यसैमा रहेको देखाएको छ । नेपाल जलवायु विविधता र पानी, जमिनजस्ता प्राकृतिक संसाधनले भरपुर देश हो । कृषि उत्पादन नेपालमा राम्रो नहुनुमा राम्रो जातको बीउ, मल, प्रविधि र सिँचाइको अभावले हो । अहिले पाँच या दस वर्षपहिलेको स्थिति देशमा छैन । कतिपय अप्ठ्याराहरू, जो यी विदेश गएका युवाले त्यतिखेर भोगेका थिए, मा परिवर्तन आएको छ । खराब नै भए पनि उत्पादनलाई बजार जोड्ने सडक बनेका छन् । बिजुली निरन्तर उपयोग गर्न सकिन्छ । मोबाइल र इन्टरनेटले नेपालबाटै विश्वको माग र परिवर्तन बुझ्न सम्भव छ । बिचौलिया भए पनि उत्पादन र बजारको सञ्जाल तयार छ । उत्पादित सामानको बजार मूल्य त्यति नराम्रो छैन ।
अहिले राजनीतिक नेतृत्व, स्थानीय सरकारहरू, योजनाकार र नीति–निर्माताहरूले केवल सहजीकरणको व्यवस्था, बीउबिजन, मलको व्यवस्था, सिंचाइको सहजीकरणका लागि केही नीतिगत निर्णय र स्थानीय सेवा मात्र दिन सके नेपालले काँचुली फेर्ने देखिन्छ । उधोगधन्दा नचल्दा बैंकहरू जोखिममा पर्दै गएका छन् । सरकारले सस्तो ब्याजमा कृषि र कृषिमा आधारित उद्योग संचालनका लागि ऋण दिन सक्छ । अपेक्षित स्तरमा कृषि उत्पादन बढाउन, उन्नत बीउ र मल त चाहिन्छ नै, प्रविधि र औजारको ठूलो खाँचो छ । यसका लागि सरकारले स्थानीय स्तरका कृषि विभागहरूलाई तयार पार्न जरुरी छ । अहिले देश फर्केका युवाहरू, जो अहिले आफ्ना गाउँमा पुगेका छन्, लाई बुझ्न त्यहीं टिक्ने वातावरण दिन सके सुनसान बन्दै गएको गाउँघर उत्पादनशील हुने, फेरि चहलपहल देखिने र कृषिउपजले आन्तरिक मागको ठूलो हिस्सा थेग्ने र मौलिक नेपाली कृषि उत्पादन विश्वबजार पुग्न सम्भाव छ ।
विदेशमा कमाउन सजिलो छैन, दिनरात मेहनत र स्थानीय सरकार या कम्पनी मालिकको तजबिज, बुहार्तन र शोषण भोग्नुपर्छ । अहिले काठमाडौँ या अन्य नेपालका सहरमा दुःखको जीवन बिताएर गाउँघर पुगेका या यसैगरी भारत या तेस्रो देशबाट नेपाल पसेकाहरूमा आफ्नै ठाउँमा त्यति दुःख गरे बढी कमाइ, पारिवारिक शान्ति पाउन सकिन्छ भन्ने चेत आउन सके, स्थानीय जागरुक समूहले, सरकारले यो चेत उनीहरूलाई दिन सके, नेपालले राम्रो कोल्टे फेर्ने निश्चित छ । यसरी गाउँ फर्केकाहरूले सहरको महँगो स्कुलमा भन्दा स्थानीय सरकारी स्कुलमा राम्रो पढाइ होस्, स्थानीय स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी र औषधि उपलब्ध होस् भनेर स्थानीय सरकारलाई दबाब दिए– देशमा सुखद क्रान्ति आउने थियो । सरकारले अहिले यो चेतना प्रवाह गरे र त्यहाँको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने ग्यारेन्टी दिन सके अहिलेको विश्व मन्दीमा देश बाँच्ने र त्यसपछि आर्थिक प्रगति हुने निश्चित छ । देश अहिले त्यो मोडमा आएको छ जहाँ इमानदारीसँग गरिएको थोरै व्यवस्थापनले, नीति–निर्माताहरू सधैं स्मरणीय र प्रशंसनीय हुन सक्छन् । त्यसैले यो सुखद संयोगको सदुपयोग गर्ने आँट गरौँ र त्यसका लागि आवश्यक काम गर्ने बुद्धिमानी देखाऔं ।
लिंक

Friday, April 10, 2020

लकडाउनका सकारात्मक प्रभाव( कारोबार चैत्र २५, २०७६)

कोरोनाको वर्तमान प्रकोप अहिले बाँचेका विश्व समुदायको लागि आफ्नो जीवनको सबैभन्दा भयावह र अभूतपूर्व अनुभव हो । इतिहासका अनेक कालखण्डमा यस्ता ठूला विपदा मानव सभ्यताले भोगेको वर्णन भेटिन्छ, तर आफैले अनुभव गरेको घटना अहिलेकै हो । हजुरबाले सुनाउनुहुन्थ्यो बिफर र हैजाले साल १९८०—८५ ताका काठमाडौँ र नेपालका अधिकांश भागमा कसरी गाँउकागाँउ सखाप भएका थिए । साल १९८७को जनगणनामा जनसंख्या वृद्धिदर ऋणात्मक छ, ४१ हजार भन्दा बढी मानिस घटेका थिए जसको मुख्य कारण माहामारी थियो । त्यसैगरी सन् १९१८मा अमेरिकामा फैलिएको स्पानिश फ्लुले १ करोड ५० लाखको ज्यानलिएको थियो । तर, भनिन्छ ‘कालो बादलमा चाँदीको घेरापनि हुन्छ’ । हाल सन्त्रास ल्याएको कोरोनाको कारण गरिएको ‘लकडाउन’ले केहि राम्रा कुराहरू पनिल्याएको छ ।
वायुमन्डल सफाः विश्वभरिका यातायात कलकारखाना बन्द हुँदा वायुमंडल ज्यादै सफा भएको छ । विश्वको कुल कार्बन उत्सर्गको सबैभन्दा ठूलो श्रोत चीन नै थियो जसले करिब ३० प्रतिशत उत्सर्ग गथ्र्यो भने, चीन लगायत १० प्रमुख राष्ट्रहरूले ६८ प्रतिशत उत्सर्ग गर्थे । हुवानमा कोरोना देखिएको डिसेम्बरको दोश्रो हप्ता पछी नै चीनका ठूला शहरहरूमा यातायात, कलकारखाना बन्द गरियो । त्यसपछि ईटाली, स्पेन हुदै युरोप र अमेरिकामा सल्केको कोरोनाको कारण करिब तीन महिना देखि वातावरण प्रदुषण ज्यादै घट्दैगएको छ ।
काठमाडौंको वायुमा पीएम २.५ आकारका धुलोको कण प्रायः १८० माइक्रोग्रामसम्म पाइने गरेकोमा अहिले यसको मात्रा घटेर डब्लूएचओले तोकेको २५ माइक्रोग्राम भन्दा कम देखिएको छ । रत्नपार्कमा पीएम २.५को मात्रा २३ माइक्रोग्राम भेटियो । त्यसैगरी, न्यु साइन्टिस्ट पत्रिकामा मार्च २६मा प्रकाशित रिपोर्टमा विश्वको वातावरणमा अहिले ३० प्रतिशतले कार्बनको मात्रा घटेको र ओजोनमा बनेको प्वाल सन् १९७० पछी सबैभन्दा बढी टालिएको देखिएको छ । अनेक नदीनालामा जलचर बढेको भेटिएको छ । भेनिश शहरको ऐडीयाट्रिकतट जो संधै मैलो हुन्थ्यो अहिले सफा भएको र डल्फीन समेत देखिनथालेको छ जो दशकौ पछीको परिवर्तन बताइन्छ । यस्ता सकारात्मक परिवर्तन देखिंदा, यसैगरी वातावरण सफाइको लागि हरेक वर्ष एउटै समयमा ‘विश्व सफाई सप्ताह’ मनाउन राष्ट्रसंघले आह्वान गरे राम्रो हुने देखिन्छ ।
माइक्रोबायोलोजी अबको खोजीकोः ब्याक्टेरिया र भाईरस क्षुद्रकिट हुन् । अझ भाईरस त जीव नै होइन रसायन मात्र हो जो प्राणीको सम्पर्कमा आएपछि सक्रिय हुन्छ । अहिलेको कोभिड–१९, पुरानो सार्स र मार्स कै सहोदर भएपनि आफ्नो गुणमा परिवर्तन गरेर यस्तो आक्रामक स्वाभावको बनेको हो । यस्ता क्षुद्रकिटहरूले नै मानिसको स्वास्थ्यमा संधै नकारात्मक असर पारेका छन् । फेरी अहिलेको कोभिड१९, सम्भवत चाँडै नै पुनः आफूलाई परिवर्तन गरि आर्को रूपमा निस्किने देखिन्छ । अब यसको परिवर्तित रूप के हुनेछ, कति चाडो आउने छ । अरु केकस्ता रोगका आक्रमण मानवलाई हुनसक्छ ? अब विज्ञानको खोजी यस्ता क्षुद्रकिटको अध्यनमा बढी केन्द्रित हुने देखिन्छ, जो मानव अस्तित्वको लागि राम्रो संकेत नै हो ।
हालको कोरोना संक्रमण नियन्त्रणको प्रयासमा दक्षिण कोरिया अहिले उदाहरण मानिन्छ ।दक्षिण कोरियामा चीन भन्दा ९ दिन पछी नै संक्रमण देखियो र १२५को मृत्यु पनि भयो । तर, प्रति लाख जनसंख्यामा स्पेनमा १६५ को मृत्यु भईसकेकोमा कोरियामा ३ मात्र भएको हो । जव कोरियामा संक्रमण सुरु नै भएको थिएन,कोरोनाका शुक्रकिटको संरचना नै थाहा थिएन । सम्भावित संक्रमणलाई विचार गरी, परीक्षण सामग्रीहरू विकास हँुदैथिए । फलस्वरूप, संक्रमण देखा पर्नासाथ व्यापक रूपमा परिक्षण हुनसके र नियन्त्रण गर्न सजिलो भयो । त्यहाँको खोजमा, कृत्रिम वौद्धिकताको ठूलो प्रयोग गरिएको थियो । त्यसैले, कृतिम वौद्धिकता र कम्युटर प्रविधिको विकासमा संसार बढी लाग्ने देखिन्छ ।
वृद्धवृद्धा घट्ने र नयाँ जनसंख्या बढ्नेः यो कोरोनाको बिपद्पछि संसारको, खासगरी विकसित राष्ट्रको जनसांख्यिक संरचनाहरूमा ठूलो फेरबदल हुने देखिन्छ । युरोप र अमेरिकाका विकसीत राष्ट्रहरूमा लगातार केही दशकदेखि बच्चा जन्मिने दर घट्दै गएको छ र वृद्धहरूको जनसंख्या लगातार बढ्दै गएको छ । जनसंख्या पिरामिडको आकार जो तल चौडा र माथि हुदैजादा पातलिदै जानुपर्ने हो, यि विकसित देशको लागि झन्डै उल्टो छ, माथिको भाग जो बुढाबुढीहरूको जनसंख्या देखाउँछ, मोटाउँदै गएको र तलको भाग जसले साना उमेरको जनसंख्या देखाउँछ, पातलिँदै गएको छ । यस्तो परिवर्तनले कमाउने उमेरका युवाहरूमा अत्यधिक भार बढ्दै गएको देखिएको थियो, आर्थिक क्रियाकलापमा सक्रियता कमहुने बुढाबुढीहरूको हेरचार गर्ने खर्चको जोहो गर्नको लागि । अधिकांश विकसित राष्ट्रहरूमा बयोवृद्धहरूले निशुल्क औषधि उपचार र आर्थिक सहायता सामाजिक सुरक्षा अन्तर्गत पाउने गर्छन । यस्ता सामाजिक सुरक्षाको आर्थिक व्यवस्थापन सरकारले स्वाभाविक रूपमा बढी आर्जन गर्ने युवाहरू बाट नै गर्छ । यसैले कतिपय युरोपेली राष्ट्रहरूमा आयकर ५० प्रतिशत भन्दा बढी छ । डेनमार्कमा ५६ प्रतिशत ‘प्रगतिशील कर’ भनेर काटिन्छ । कमाइको आधा भन्दा बढी सरकारलाई तिर्नुपर्ने हुँदा विकसीत राष्ट्रमा बेलाबेलामा विवाद समत निस्किने गरेको छ ।
इटालीको जनसंख्यामा २८.६ प्रतिशत ६० वर्ष माथिका छन् भने, अन्य युरोपियन देशमा पनि त्यहि अनुपातमा वृध्दहरू छन । युरोप अमेरिकी देशहरू ईटाली, स्पेन, फ्रान्स, बेलायत र अमेरिकामा हाल सम्ममा १७ हजार बढीको कोरोनाबाट मृत्यु भइसकेको छ । यी देशमो कोरोना संक्रमण बाट मृत्यु हुनेहरूको उमेर अनुसारको तथ्यांक हेर्नेहो भने ६० वर्ष माथिका वृद्धहरू नै अत्यधिक देखिन्छ, झन्डै ३० प्रतिशत । यो सन्त्रासको अन्त्य हुँदासम्ममा यी देशमा कोरोनालेनै विकसित देशमा ९० हजार देखि १ लाख वृद्धहरू हराउने देखिन्छ । जसले यी देसको जनसंख्या अनुपात र आर्थिक निर्भरतामा असरपार्ने देखिन्छ ।
उता, लामो समय घरमा नै बस्ने बाध्यताले गर्दा अधिकांश दम्पत्तिबाट नयाँ सन्तान जन्माउने दर बढ्ने देखिन्छ । दोश्रो विश्वयुद्ध पछि, सन् १९४६ पछीका केहि वर्ष अमेरिका, जापान, फ्रान्समा जस्ता देशमा यस्तो ‘बेबी बूम’को लक्षण देखापरेको थियो । अमेरिकामा यो अवधिमा जन्मेकाह । नै अहिलेको जनसंख्याको ४० प्रतिशत भएको अनुमान छ । यो अवधिभरि अमेरिकामा वार्षिक २ लाखको पुरानो जन्मदर बाट बढेर साढे ३ लाख बच्चा जन्मेका थिए, २० प्रतिशतको बढोत्तरी गर्दै । अहिलेको घरवास र जनसंख्याको क्षतिले, फेरी ‘बेबी बूम’ ल्याउने सम्भावना देखिन्छ ।
कम्प्युटराइजड विश्वः अब इन्टरनेट, कम्प्युटर र विद्युतीय प्रविधी, ईलर्निंग अझै विकसित हुनेछन् । अहिले अमेरिका र युरोपका देशहरूमा अधिकांश उच्चशिक्षा र अफिसका काम अनलाईन र घरबाटै गरिदै छ । यसले वातावरणीय प्रदूषण घटाएको छ र अफिसकोठा, कलेजकोठाको भार घटाएको छ ।
सामाजिक परिवेश र अन्तर्राष्ट्रिय वानिमा परिवर्तनः लकडाउनले अहिले सबै परिवार संगै बस्दै छन । संधै दौडादौड र परिवार निकट बिरलै बस्ने बानिले फेरिंदै गएको सामाजिक संरचनामा अहिलेको बाध्यताले नयाँ परिवर्त नल्याउने देखिन्छ ।
ईटाली र स्पेनमा कोरोनाको प्रभाव नाटकीय रूपले बढ्न थालेपछि ईयुका सदश्य भएको नाताले यी देशले ईयु संग सहयोग मागे । तर आफै संक्रमणमा अल्झिएका हुनाले यिनीहरूले कुनै सहायता पाएनन् । बरु चीन र क्युवाका डाक्टर र स्वास्थ्य टोलि त्यहा पुगेकाछन ।आउदो दिनमा ईयू, संयुक्त राष्ट्रसंघ जस्ता अवधारणामा नया परिवर्तन हुने देखिन्छ । एक देशको संक्रमण विश्वभर फैलिने देखिएकोले एकलकांटे भएर बस्न नसकिने संदेश यसले दिएको छ । विश्व एउटा ‘ग्लोबल भिलेज’ हो भन्ने चेत विकसित राष्ट्रहरूमा पनि त्यतिकै परेको छ जत्ति विकाससिलमा राष्ट्रहरूमा ।
खानपानको वानिमा परिवर्तनको संकेतः चीनमा चमेरोको मासु खाएकाहरू बाट यो संक्रमण जन्मिएको आशंका गरिन्छ । प्रकृतिको एउटा निश्चित मापदण्ड छ हामी जन्मिनु, हुर्किनु, खानपान देखि उपभोगको सीमामा । यो सिमा उलंघन हुदा यस्ता अहिले नदेखिएका, नसोचेका प्राकृतिक विपदाहरू आउनसक्ने चेतावनी यो घटनाले दिएका छ । केहि दिन अघि मात्र अमेरिकी टेलिभिजन सीएनएनमा, खाद्य प्रविधि विशेसज्ञहरूलाई सोधिदै थियो, के पाश्च्यात खाना र पकाउने विधि कोरोना जस्तो रोग प्रतिरोधको लागि उपयोगी छ ? गरिब राष्ट्रहरू खासगरी ठूलो जनसंख्या भएका भारत र बंगलादेश या नेपाल जसलाई डब्लुएचओले अति सम्बेदनशीलको सुचिमा राखेको पनि छ, यी राष्ट्रहरूमा खानपिनको वस्तु र पकाइने तरिका फरक छ भने यिनीहरू अहिलेसम्म कोरोना बाट ज्यादै कम प्रभावित पनि छन् । जो एउटा आश्चर्यको विषय बन्दैछ । यसबाट पूर्वीय खानपिनबारे नयाँ अनुसन्धान हुनेछ ।
आर्थिक क्रान्ति आउने छः ठूलो मानवीय क्षति बाहेक कोरोनाले अकल्पनीय भयावह आर्थिक क्षति ल्याउने निश्चित छ । करोडौ बेरोजगार बन्ने, यातायात र पर्यटन व्यवसाय तहसनहस हुने प्रष्ट देखिन्छ । हालै, मुद्राकोष प्रमुख क्रिष्टिनाले २५ खर्ब डलर भन्दा बढीको संकुचन हुने आकलन गरेकी छिन ।अमेरिकाका अहिले सम्ममा १ करोड ४० लाख होटेल र पर्यटन संग सम्बन्धितहरूको रोजगारी गुमेको हुनाले बेरोजगारी भत्ता मागिएको छ । आर्थिक संकटमा फस्दैगएको जर्मनका वित्तमंत्रीको आत्महत्याले यस्तै नियति धेरै उद्योगपतिहरूको हुने संकेत दिदैछ ।
उता, युरोप अझै यो संक्रमणबाट उम्किन नसकेको, र अर्थतन्त्रमा पहिलो रहदै आएको अमेरिकामा संक्रमणको स्थिति सुरुवाती र नियन्त्रण बाहिर हुदैगएको तर चीन लगायत पूर्वी एशियामा यो नियन्त्रणमा आईसकेको र आर्थिक क्रियाकलाप शुरुभएको कारणले विश्व अर्थतन्त्रमा नयाँ अग्रणी राष्ट्रहरूमा चीन उदाउने र पूर्वी एशियाको प्रभाव बढ्ने समेत देखिन्छ ।
अन्त्यमाः बेलायती अर्थशास्त्री, थोमस रोवर्ट माल्थसले सन् १७९८मा जनसंख्या र खाधान्न आपूर्ति बारे आफ्नो सिध्दान्त प्रतिपादन गरेका थिए जो अर्थशास्त्रमा त चर्चित छ नै यसमा गरिएको भविष्यबाणीले यसलाई अझ रोचक बनाउनेगरेको छ । माल्थसको भनाईमा “जनसंख्या ज्यामितीय वृद्धि संग आकासिने गर्छ तर खाधान्न आपूर्तिको मानवीय क्षमता भने अंकगणितीय वृद्धिको मन्ददरले मात्र बढ्ने गर्छ । त्यसैले यी दुवैको समायोजनको लागि स्वयम् प्रकृतिले बेलाबेलामा महामारी, रोग, अनिकाल ल्याउने र मानव आफैले लडाई शुन्य गर्दै जनसंख्या नियन्त्रण हुनेछ” । के यो हालको कोरोनाको आक्रमणले उनको यसै भनाईको पुष्टि गर्दैछ ? हुन पनि दोस्रो विश्वयुद्धपछि एकैपल्ट यत्रो विपद्, आर्थिक मन्दी र नयाँ परिवर्तन विश्वले एकैपल्ट भोग्दै छ ।
संसार नै एक जुट बनेकोले यो विपदाको अन्त्य पक्कै चाडै हुनेछ । अमेरिका लगायत बेलायत, डेनमार्क आदिमा यसको खोप बनेको चर्चा छ जसलाई प्रमाणीकरण गर्न भने केहि समय लाग्ने देखिन्छ । कुनै पनि भाईरल संक्रमितह ।मा यसको एन्टीबडी उसको शरीरले नै बनाउने गर्छ । यस्तो एन्टीबडीको प्रयोग गरेर भ्याक्सिन बनाउने प्रयोग अनेक देशमा गरिंदैछ । निदानका यस्ता औषधि बन्नेछन् र विश्वले चांडैनै हालको विपदा बाट मुक्ति पाउने छ भन्ने आशा गरौ ।

Sunday, March 15, 2020

विश्व संस्कृति बदल्दै कोरोना र असावधान नेपाल(चैत ३ , कारोबार )

Link to my article
अमेरिकी राष्ट्रपति ट्रम्प र आइरिस प्रधानमन्त्री भाराडकर भेट्दा हात मिलाउनुको सट्टा नमस्तेको अभिवादन गरिरहेको फोटो सार्वजनिक भएको छ । त्यस्तैै, ब्रिटिस राजकुमार चाल्र्सले ‘प्रिन्स ट्रस्ट एवार्ड’ मा सबैलाई नमस्ते गरेको देखिन्छ । अचेल कोरोनाको भयावहताले संसारभरिको संस्कृतिमा विभिन्न नयाँ चालचलन देखिन थालेको छ ।
नमस्ते संस्कृति वास्तवमा नेपालको मौलिक र सर्वव्याप्त चलन हो, तर ‘पेटेन्ट राइट’ नभएको । अहिले यो ‘भारतीय नमस्ते’ भनेर प्रचार भएको छ । जबकि भारतमा हिन्दूहरूले मात्र नमस्ते भन्छन्, तर खुट्टा छुने चलनसमेत छ त्यहाँ । मुस्लिमहरू भने काँध जुधाउने र अस्सलाम–आलेकुमको एक हाते अभिवादन गर्ने गर्छन् ।
वास्तवमा, अभिवादनमा नमस्ते स्वास्थ्यका लागि सधैं सुरक्षित छ, कोरोना नहुँदा पनि । किनकि सामूहिक भेटघाटमा हात मिलाउँदा या गाला जोड्दा या अन्तरंगहरूसँग म्याइँ खाँदा जहिले पनि संक्रमणको खतरा बढ्छ । त्यसैगरी हामीतिरको खानपिनमा प्रयोग हुने बेसार, काँचो लसुन, टिम्बुर र पहिलादेखि पाइने तर अहिले ह्वात्त प्रयोग बढेको सोइजन (मोरिन्गा) को पातको चूर्ण पनि राम्रो प्रतिरोधी शक्ति भएको औषधि हो भन्ने अचेल भारतीय महाद्वीपबाहिरका डाक्टरहरूले समेत पनि भन्न थालेका छन् । चमेरो जस्ताबाट मान्छेमा सरेको शंका गरेदेखि चीनले यस्ता जीवजन्तु खान बन्देज गरेको छ । सायद आउँदा दिनहरूमा संसारकै खाने बानीमा र अभिवादन चलनमा कोरोनाको असर पर्न सक्छ ।
संक्रमणको ठूलो माध्यम कागजी नोट ठानिएकाले चीन सरकारले करोडौं नोट जलायो । इटालीका धेरै सहरका पसलहरूमा कागजी नोट पूर्ण बन्द गरेर केवल कार्डबाट भुक्तानी लिने गरेको छ । यसरी आउँदा दिनमा कागजी नोटको प्रचलन निरुत्साहित हुने सम्भावना देखिन्छ ।
घरबाटै काम र पढाइको चलन युरोपका डेनमार्कजस्ता सहरमा केही पहिलेदेखि थिए, सहरको यातायात र प्रदूषणको चाप व्यवस्थापन गर्न । तर, अहिले यस्तै व्यवस्था अमेरिकालगायत धेरै देशमा कोरोनाका कारण गरिएको छ । सम्भवतः आउँदा दिनहरूमा भीडभाडपूर्ण ठूला सहरहरूमा काम गर्ने तरिकामा सम्भवतः परिवर्तन आउनेछ ।
कोरोनाले संसारभरि ठूलो आतंक फैलाए पनि योभन्दा ठूला अनेक महामारी विश्वले भोगिसकेको छ र सतर्कता अपनाउँदा त्यसलाई जितेका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट आजसम्म करिब ५ हजारको मृत्यु भएको छ, जो ठूलो संख्या हो । तर, हामीले बिर्सिनु हुन्न, सन् २०१३ मा अफ्रिकामा फैलिएको इबोलाले ११ हजार ३ सयको ज्यान लिएको थियो । यस्तै, सन् १९१८ मा अमेरिकामा फैलिएको रुघाखोकीले १ करोड ५० लाखको ज्यान लिएको थियो । डाक्टरहरूका अनुसार समयमा पहिचान गर्न सके र सामान्य सतर्कता अपनाउन सके कोरोनाबाट बच्न सकिन्छ । यो कमजोर जीवाणु हो, सामान्य रुघाखोकीजस्तै ।
संसारभरिका वैज्ञानिक प्रयोगशालाहरूमा हरेक दिनजसो कुनै न कुनै रोगविरुद्धका औषधि, खोप निस्किने गर्छ । तर, जुन रफ्तारले औषधि निस्किँदै छन् त्यही रफ्तारले नयाँ रोग जन्मिदै पनि छन् । यो देख्दा तरुण–तपसीमा लेखनाथ भविष्यद्रष्टा देखिन्छन्, जसले लेखे, “यता हाँस्दै निस्के विविध बढिया वैद्य र बुटी, उता हाँस्यो नंगा मरण–तिथि साथै भुटभुटी ।” भाइरस लामो समयदेखि जीव वैज्ञानिकहरूका लागि एउटा चुनौती हुँदै आएको छ । सामान्य रुघाखोकी ल्याउने भाइरसको पनि डाक्टरहरूसँग कुनै विशेष औषधि छैन, आराम गर्ने र तातो पानी धेरै खानेबाहेक । त्यसैले ‘औषधि खाए सात दिनमा, नखाए एक हप्तामा निको हुन्छ’ भन्ने व्यंग्य सर्वमान्य छ । भाइरसको औषधि नहुनुको मुख्य कारण यसको चञ्चल स्वाभाव हो । भाइरस बडो चाँडो आफ्नो स्वाभाव, आक्रामणको शैली या जैविक संरचनामा नाटकीय परिवर्तन गर्न माहिर मानिन्छ, जसले गर्दा केही महिना पहिले त्यस्तै रोग गराउने भाइरसको उपचार केही महिनापछि उही तरिकाले हुन्छ भन्ने छैन, किनकि रोग ल्याउने भाइरसको गुण बदलिसकेको हुनसक्छ ।
नयाँ वर्ष २०२० को सँघारमा वुहानमा देखा परेको कोरोना भाइरस, जसलाई कोभिड–१९ नाम राखियो, कोरोना परिवारकै नयाँ जीवाणु थियो, पहिला संसारले नदेखेको । वर्ष दिनअघि, नोभेम्बर २०१९ मा मध्यपूर्वमा फैलिएको मार्स, जसले ८ सय ५८ जनाको ज्यान लिएको थियो, साधारण रुघाखोकीको लक्षण देखिने कोरोना नै थियो भने फरवरी सन् २००३ मा अफ्रिकामा देखा परेको सार्स पनि कोरोना परिवारकै थियो ।
समाचार हेर्दा यो कोभिड–१९, रहस्यमयजस्तो देखिन्छ, भूतनाथको तिलस्मी कथाजस्तै, कुनै लक्षण नदेखिने मान्छेबाट पनि सुटुक्क अर्को शरीरमा पस्न सक्ने जीवाणु हो यो । यसको जीवाणु बोकेर हिँड्ने मानिसलाई ज्वरो आएकै हुन्छ, रुघा लागेकै हुन्छ भन्ने छैन । त्यसैले ज्वरो जँचाएर वुहानबाट निस्केकाहरूले अरू देशमा यो रोग फैलाएको आशंका गरिन्छ । तर, १ सय २ फरेनहाइटभन्दा बढी ज्वरो यसको प्रमुख लक्षण मानिन्छ, किनकि आजसम्म १ लाख ३४ हजार कोरोना संक्रमितमध्ये झन्डै ९० प्रतिशतमा यस्तै ज्वरो भेटिएको छ ।
नेपालमा पनि विदेशबाट भित्रिने प्रत्येक नाका (हवाई या स्थलगत) मा केवल ज्वरो नाप्ने र शंकास्पदलाई छुट्टै राख्ने व्यवस्था अविलम्ब गर्न एकदमै जरुरी देखिन्छ । हप्ता दिनअघि म काठमाडौँबाट सुर्खेत विमानस्थलमा ओर्लंदा त्यहाँ यात्रुको ज्वरो नाप्ने व्यवस्थाको सुरुवात भएको रहेछ, ढिलै भए पनि । तर, जब केही दिनअघि मात्र म काठमाडौँ फर्किएँ, यहाँ भने यो व्यवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थल आगमन द्वारमा मात्र ज्वोरो जाँच्दैमा यो संक्रमण पस्दैन भन्ने छैन । सबै नाकामा ज्वरो जाँच्ने सामान्य व्यवस्था पनि गर्न नसक्दा नेपालमा कुनै पनि बेला यो महामारीले भयावह रूप लिन सक्ने र सरकारलाई झन् ठूलो समस्या हुने देखिन्छ । उद्भव देश चीनसँग सीमा जोडिएको र भारतमा पनि यसको प्रकोप बढ्दै गएको हुनाले नेपालमा यो नदेखिएको भए पनि आउँदैन या अहिले छँदै छैन भन्न सकिन्न ।
भारतले नेपालका केही नाकामात्र आगमनका लागि खोलेको छ । यो राम्रो कुरा हो, नेपालका लागि पनि । यी नाकामा आवश्यक स्वास्थ्य जाँचको तुरुन्त व्यवस्था गर्नु जरुरि छ । अनअराइभल भिसा बन्द गर्नु र विदेश यात्रामा प्रतिबन्ध लगाउनु सरकारको राम्रो कदम हो । तर, धेरै कुरा अपर्याप्त छ । कोरोनाबाट बच्न मास्कभन्दा हात सफा गर्ने र बेलाबेलामा मनतातो पानीको घुट्को लिनु जरुरी ठानिन्छ । यो सन्देश सरकारले, सञ्चारले प्रसारण गर्नु जरुरी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार रोग सरेको २ देखि १४ दिनमा यसको लक्षण देखिन्छ । त्यसैले सहरका भीडभाड हुने स्थलहरू मल, व्यस्त बजार, होटल, पार्टी प्यालेसहरू, सिनेमाहलहरू केही समयका लागि बन्द गर्नु राम्रो हुनेछ । काठमाडौँका सार्वजनिक बसहरू हर्दा अधिकांश कोचाकोच भएरै चल्छन्, जसको मुख्य कारण कलेजका विद्यार्थी नै हुन् । त्यसैले स्कुल, कलेजमा गर्मीे बिदाको सट्टा अहिले नै महिना दिनको छुट्टी गर्नु आवश्यक देखिन्छ । अमेरिकाको नर्थ डकोटा, जहाँ मेरी छोरी पढ्दै छिन, केवल १ जनामा संक्रमण देखिएकोमा सतर्कता अपनाउँदै वसन्तको छुट्टी अगाडि सारेर आउँदो हप्तादेखि नै स्कुल कलेज बन्द गरिएको छ । र, आउँदो सेमेस्टरको पढाइ र परीक्षा घरबाटै अनलाइन गर्ने नीति अमेरिकाका अधिकांश राज्यहरूमा गरिँदै छ । हामी संक्रमित देशसँग टाँसिएका र खुला सिमाना हुँदा पनि किन यस्तो निश्चिन्त भएर बसेका छौं, आश्चर्य छ । त्यसैले पछिको ठूलो क्षति रोक्नका लागि बेलैमा सामान्य सावधानी अपनाउन सरकारसँग अनुरोध छ ।

Monday, February 24, 2020

खनिज इन्धनको नागबेली र भविष्य: प्रभात(नेपाल इन्धन संस्थानको बार्षिक अंक २०७६ मा प्रकाशित)




vlgh OGwg cyf{t\ k]6«f]lnod
k]6«f]lnod, k|s[ltsf] pkh xf] hf] k[YjLsf] tNnf] ;txdf hDdf ePsf] x'G5. of] xNsf kx]nf]df uf9f sfnf] b]lvg] t/n kbfy{sf] ?kdf vfgLdf b]lvG5. vl08s[t jflZks/0f lalwaf6 laleGg  tfkqmddf of] t/nnfO{ pdfNbf o;sf laleGg k|f¿ksf] pTkfbg x'g]u5{ h;af6 z'4 k]6«f]n, dl6t]n, cnsqf, l/o]h]G6 cflb lgl:sG5g\. l/o]h]G6sf] k|of]u Knfl:6s, cf}iflw, ls6gfzs, s:d]l6s cflb agfpg ul/G5. o;/L x]bf{ ck|zf]lwt k]6«f]lnod af6 cfhsf] ;Eo ;dfhsf clwsf+z cfjZos a:t'x? agfOG5. e"ue{ a}1flgsx?sf cg';f/ of] nfvf}, s/f]8f} aif{ klxnf d[t hgfj/ / ;d'›L n]psf] lrxfg af6 ag]sf] kbfy{ xf] hf] nfdf] ;dosf] k[YjLsf] dflyNnf] txsf] bjfa n] k]6«f]lnoddf kl/jlt{t ePsf] x'G5 .

PnkL Uof;
PnkL Uof; cyf{t Liquid Petroleum Gas, klg csf]{ ef}ule{s pTkfbg xf]. PnkL Uof;sf] >f]t eg] b'O{ vfn] 5g. 7'nf] dfqfdf cyf{t\ sl/a ^@ k|ltzt PnkL Uof; k|fs[lts Uof; e08f/x? af6 pTkfbg ul/G5 / afFsL #* k|ltzt o;sf] pTkfbg k]6«f]lnod l/kmfOg/Lx?df k]6«f]s]ldsnsf] ;x–pTkfbgsf] ?kdf ul/G5. d'nt PnkL Uof;df b'O{ cTolws HjngzLn Uof;x? –Ao'6]g / k|f]k]gsf] ld>0f /xG5. t/ Uof;s} cj:yfdf o;nfO{ efG5f 3/x? df k|of]u ug{ ;lsGg. To;}n] Ao'6]g / k|f]k]gsf] ld>0fnfO{ cTolws bjfa lbP/ t/lns[t ul/G5 h;af6 o;sf] 7"nf] dfqf, ;fgf] l;lnG8/df ;lhn} ;+u ;+sng ug{ ;lsG5 h;nfO{ onkL Uof;sf] l;lnG8/sf] ?kdf lrlgG5. ljsf;f]Gd'v b]zx?df d'nt vfgf ksfpg PnkL Uof;sf] k|of]u ul/g] ePklg ljsl;t b]zfx?df sf]7f ttfpg, uf8Lsf] OGwgsf] ?kdf o;sf] cTolws k|of]u x'g]u/]sf] 5. lk|mhdf k/Dk/fut ?kdf el/g] ul/Psf]  l;Pkm;L
-
CFC, Chlorofluorocarbons_ Uof;n] aftfj/0f laufg]{ sfd u/]sf] kQf nfu]b]lv l;Pkm;Lsf] k|of]udf k|ltaGw nufpg yflnPsf] 5. l;Pkm;Ln] k[YjLsf] dflyNnf] tx, :6«f6f]:km]o/df sjrsf] ?kdf /x]sf] cf]hf]gsf] txdf Kjfn kfg{ yfn]sf] cWoogx?n] b]vfPsf 5g\. cf]hf]gsf] txdf o;l/ Kofn kbf{ ;"o{sf] k|sfz af6 cfpg] cN6«fefOn]6 ls/0f hf] hLjhGt' / ag:kltsf] nfO{ 3fts x'G5, n]  ;+;f/el/ Ifltk"0f{ k|efj kf/]sf] 5. o;}sf] af/]df ;g\ !(*% df cli6«ofsf] lePgfdf / ;g\ !(*& df Sofgf8fsf] df]gl6«ondf ljZj jftfj/0f ljgfz /f]Sg] dxf;lGwx? ePsf lyo] h;n] ljZjel/sf b]zdf l;P;L Uof; k|of]u gug]{ / To;sf] ;§f cGo lasNk vf]Hg] ;xdlt ePsf] lyof]. To;} l;Pkm;Lsf] lasNksf] ?kdf  cr]n PnkL Uof;sf] k|of]u lk|mhx?df tyf laleGg ls6gfzs :k|]sf] nflu ug{ yflnPsf] 5 . g]kfn klg of] dxf;lGwsf] c+lzof/ xf] To;}n] l;Pkm;Lsf] k|of]unfO{ 36fpg k|lta4 5 .                      

ljZjsf] s'n phf{ pkef]u / vlgh phf{sf] cg'kft
c7f/f} ztfAbL ;Dd kTy/sf]Onf / bfp/f n] g} ljZjsf] phf{ cfjZostf wfg]sf] lyof]. t/ k5L,pGgfOzf}    ztfAbLsf] dWo lt/ ;g\ !*$* k5L, hj h]D; of]+un] k]6«f]nsf] Aoa;flos k|of]u u/] / To;sf] s]lx k5L ;g\ !*&^ df,  OlGhlgo/ lgsf]nfp; cf]6f]n] k]6«f]n af6 rNg] OlGhgsf] cfljisf/ u/], To;k5L ;+;f/df ult lbg] d'Vo a:t' g} k]6«f]n ag]sf] 5, u'8\g] uf8L b]lv p8\g] xjfO{ hxfh ;Dd, hf] o:tf ;fwgsf cfljisf/ eP b]lv clxn];Dd oyfjt g} 5 .       
t/ ef}ule{s phf{ cyf{t\ k]6«f]lnodsf] k|of]u af6 pTkGg x'g] sfa{g, ldy]g cflb Uof;n] k[YjLdf …xl/t u[x k|efjÚ a9fPsf] / jfo' k|b'if0f u/]sf] 7flgG5 h;sf] c;/ dflg; / Osf]l;:6ddf g/fd|/L k/]sf]] b]lvPsf] 5 . km]/L k]6«f]lnodsf] >f]t cyfx 5}g, la:tf/} o;sf vflgx? l/lQb} hfg] lglZrt 5. To;}n] clxn] 7"nf] lge{/tf k]6«f]lnoddf g} ePklg o;sf] lasNknfO{ ;+;f/el/sf a}1flgsx? vf]Hg yfNb}5g\. o;} qmddf gljs/0fLo phf{ / cf0fljs phf{ nufotssf a}slNks >f]tx? sf] vf]lh / cg'zGwfg lta| ultdf x'b}uPsf] 5. 
cGt/fl{\i6«o phf{ Ph]G;Lsf] ;g\ @)!* sf] tYof+s cg';f/ cem} klg ljZjdf e"ueL{o >f]t cyf{t\ k]6«f]n, kTy/sf]Onf / e"ueL{o Uof;sf] k|of]u emG8} *! k|ltzt ul/G5-tflnsf !_. cf0fljs phf{sf] pkef]u sl/a # k|ltzt n] ul/G5 . gljs/0fLo phf{ h;df h}ljs, hnlaB't, / zf}o{ cflb k5{g, hDdf !& k|ltzt pkef]u x'G5 . cem of] phf{ pkef]usf] tYof+s x]bf{  ul/a /fi6«x? k/Dk/fut ?kdf k|of]u ul/b} ul/Psf] bfp/f, kftklt+u/ cflb cTolws k|of]u ul/g} /x]sf 5g\. t;y{ of] k/Dk/fut phf{sf] lx:;f s'n gljs/0fLo phf{ af6 x6fpg] xf] eg] s]jn $ k|ltztsf] xf/fxf/Ldf ljZjsf] gljs/0fLo phf{sf] pkef]u /x]sf] b]lv5, hf] Hofb} Go"g g} xf] -tflnsf !_.      
tflnsf !: ljZjdf s'n phf{ vktsf] :j¿k
->f]t: cGt/fl{\i6«o phf{ Ph]G;L, @)!*_
phf{sf] k|sf/
        pkef]u k|lt;t
h}ljs OGwg
-k]6«f]n, sf]Onf e"ueL{o Uof; _
*)=^
cf0fljs phf{ 
@=&
gljs/0fLo phf{
!^=&
h; dWo] :

hnlaB't
#=#
h}ljs phf{ -hLjhGt'sf] cjz]if,dnd'q, kft klt+u/_  
!!=$
zf}o{ phf{
)=@#
cGo -bfp/f, afo', Oyf]gn cflb _
!=*
t/ clxn]sf] ljZj phf{ pkef]usf] lrq dfly pNn]lvt h:tf] vlgh n] g} d'v wfg]sf] b]lvPklg o;sf jftfj/lgo b':kl/0ffd / 36\bf] e+8f/ af6 ql;t ljZjsf] ?emfg la:tf/} ;kmf phf{ of xl/of] phf{ h;df zf}o{ phf{, jfo' phf{x?df df]l8b} uPsf] 5. clxn] o'/f]lkog w]/} /fi6«x? h:tf] l:j8]g, xNof08 hd{gLx?df zf}o{ phf{ hl8t uf8L a9\bf] 5. cd]l/sfdf zf}o{ uf8Lsf] k|of]u ug]{sf] s/ Go"g agfOPsf] 5. rLg clxn] ;+;f/sf] ;a}eGbf a9L zf}o{ uf8L rNg] b]z alg ;s]sf] 5. g]kfnsf zx/x?df a9\bf] jfo' k|b'if0f nfO{ xbf{  zx/df rNg] uf8L / a;x? law't of zf}o{ phf{ af6 rNg] cjwf/0ff Nofpg' h?l/ 5 h;sf] nflu s/ 5'6 / 7fp 7fpdf rlh{+u :6];g agfpg' cfjZos 5.       

k]6«f]lnod kbfy{sf] Oltxf;
k]6«f]n af6 df]6/sf]  OlGhg nfO{ phf{ lbP/ uf8L u'8fpg ;lsG5 eGg] 1fg cfPb]lv g} cfw'lgs o'udf o;sf] dxTj PSsf;L a9\b} uPsf] xf] / k]6«f]lnod pTkfbs b]zx?sf lbg ;lk|g yfn]sf] xf]. x'gt sl/a $ xhf/ aif{ klxn] g} a]lanf]gsf] cUnf] kvf{n dfly km"naf/L agfpg] qmddf d§Lt]n h:tf] k]6«f]lnod kbfy{ e]l6Psf] pNn]v To;a]nfsf u|Ls Oltxf;sf/ x]/f]8Þf]6;n] u/]sf 5g\ h;sf] k|of]u ToxfF cfuf] afNg / cf}iflwsf] ?kdf ;+e|fGt au{x? n] ug{yfn]sf lyP.
a]lanf]g cyf{t\ xfnsf] O/fsdf sl/a !& zo aif{ klxn] …aNbf] kflgÚ eg]/ lrlgPsf] hldg d'lg af6 lgl:sPsf] t/n kbfy{ k]6«f]lnodsf] g} ck|zf]lwt ?k /x]sf] Oltxf;n] atfpF5. of] …aNbf] kflgÚ 3/ ttfpg / pHofnf]sf] nflu k|of]u ug]{ ul/GYof]. k5L ;g\ !*$& df :s6Nof08sf /;fogzf:qL h]D; o+un] sf]O{nf vfgL af6 /;fO{/x]sf] sRrf t]n e]6], h;sf] k|zf]wg u/]/ Kof/flkmg agfO{of] hf] k]6«f]lnod kbfy{sf] cw{k|zf]lwt ?k lyof]. s]lxaif{ k5L o+usf] sf/vfgfaf6 lgl:sPsf] t/n ;'s]/ uof] . zfob Toxf ;fgf] e+8f/ dfq lyof]. klxnf]kN6 7"nf] kl/0ffddf / cfw'lgs cGj]if0fsf] ?kdf k]6«f]nsf] pTkfbg ;g\ !*%( df k]lG;ne]lgof, cd]l/sfsf e"ue{ cGj]ifs 8«]sn] u/]. 8«]ssf] pTvgg :ynsf] cf;kf; k5L cg]sf} 7fpdf o;l/ g} t]n lgsfNg yfNof]. kmn:j¿k w]/}sf] rf;f] a9\of] / o;sf] ahf/Ls/0f z'? eof]. z'?df alQ afNgsf] nflu dfq k|of]u ul/Psf] of] t]n, !*&^ k5L hd{gLsf OlGhlgo/ lgsf]nfp; cf]6f]n] k]6«f]naf6 rNg] OlGhgsf] cfljisf/ u/]kl5 uf8L u'8fpgsf] nflu k|of]u x'gyfNof] x'g\ k|of]hg clxn] ;Dd sfod g} 5. t/ uf8L u'8fpg] afx]s cr]n k]6«f]lnodsf] cg]sf} cGo tl/sfn] ;d]t  k|of]u x'G5. h:tf] o;sf] sRrf kbfy{af6 kl/is[t k]6«f]n aGg] qmddf 3/ kf]Tg] /+u, d;L, :ofDk', /a8, k/ˆo'd, lnlkl:6s, cf}iflw, Knfl:6s l;GYofl6s a:t'x? nufotsf ;}s8f} a:t'x? agfOG5. o;l/ x]bf{ of] ugfpg] sfnf] emf]n af6 g} cfhsf] ;Eo ;dfhsf] clwsf+; cfjZohtfx? k'u]sf] h:tf] b]lvG5 .

ljZjdf k]6«f]lnodsf] pTkfbg / vkt 
k[YjLsf] ;a} 7fpdf ;dfg ?kn] vlgh t]n e]l6Psf] 5}g. st} 7"nf] dfqfdf e]l6bf glhs}sf] cfsf]{ 7fpdf ge]l6Psf]] klg 5. k]6«f]lnodsf] clxn]]sf] pTkfbg If]q x]bf{ of] k|fo ;fd'l›s O{nfsf / d?e"ldsf If]qdfdf g} cTolbs dfqfdf e]l6Psf] 5. vf8L If]q xf];\ of cd]l/sfsf] ;a}eGbf a9L pTkfbg x'g] 6]S;; xf];\ k|fo o:t} O{nfsfdf k]6«f]lnodsf] e]l6Psf] 5. ;d'›L n]p / hgfj/ af6 g} o;sf] pTklQ ePsf] eGg] cf+sng cg';f/ clxn] cTolws k]6«f]lnod kfOg] 7fp k|fUo]ltxfl;s sfndf To:t} ag:klt / jftfj/0f ePsf] cg'dfg ug{ ;lsG5. 
O{cfO{P-Energy Information Administration -EIA_ sf] ;g\ @)!( sf] k|lta]bg cg';f/ ljZjsf] s'n pTkfbg sl/a !) s/f]8 Aof/]n k|ltlbg 5 / To;}sf] xf/fxf/Lsf] pkef]u. pTkfbgsf] lx;fan] cd]l/sf, ?; / ;fpbL c/a cu|0fL pTkfbs /fi6« x'g\ -tflnsf @_. of] tflnsf x]bf{ b]lvG5 ls pTkfbs k|d'v tLg /fi6«n] g} s'n ljZj pTkfbgsf] $! k|ltzt cf]u6]sf 5g\. s'n ljZj pTkfbgdf tn} k/]klg k|fo vf8L /fi6«x? ;fgf] hg;+Vof ePsf] nfe ln+b} k|ltJolQm pTkfbgdf cuf8L g} k/]sf 5g. ckjfbdf s]jn ;fpbL c/a k5{, h;sf] s'n pTkfbg ljZjsf] s'n pTkfbgdf g} lgs} a9L 5. k|ltJolQm pTkfbgdf cuf8L k/]sf x'gfn] vf8L /fi6«x?n] cfˆgf gful/snfO{ 7"nf] ;'v ;'lawf klg lbg;s]sf] b]lvG5 .  b]zsf] hg;+Vofsf] lx;fan] pRr k|ltJolQm pTkfbg ug]{ cu|0fL /fi6x?df s'a]t, o'PO{ / ;fpbL c/a b]lvG5g . k]6«f]lno dxFuf] a:t' x'g'sf] ;fy} cfw'lgs ;+;f/df uf8L rnfpg nufot cGo k|of]usf] nflu geO{ gx'g] a:t' ePsf]n] cTolws k|ltJolQm k]6«f]lnod pTkfbs /fi6«x? k|ltJolQm cfodf klg cu|0fL g} 5g .  
tflnsf @: laZjsf !) 7"nf t]n pTkfbs /fi6«x?, s'n pTkfbg /  k|lt JolQm pTkfbgdf
->f]t: O{cfO{P @)!(_
/fi6«
nfv Aof/]n k|ltlbg
s'n ljZjsf] pTkfbg k|ltzt
/fi6«
xhf/ Aof/]n k|ltJolQm k|ltlbgdf
!
cd]l/sf
!&(
!&=*
s'a]t
&@@
@
;fpbL c/a
!@$
!@=#
o'PO{
##%
#
?;
!)*
!)=&
;fpbL c/a
#@%
$
Sofgf8f
%#
%=#
gj]{
#!$
%
rLg
$*
$=*
Af'||gfO{
@%*
^
 O{/fs
$^
$=^
cf]dfg
@!&
&
O/fg
$%
$=%
lnlaof
!%(
*
 o'PO{
#(
#=(
Os\jf6f]l/cn ufogf
!@%
(
s'a]t
@(
@=(
O{/fs
!@)
!)
a|flhn
#$
#=$
ufaf]g
!)^

s"n laZj
!))*
!))

;+;f/sf] k]6«f]lnod kbfy{sf] pTkfbg / pkef]usf] lx;falstfa km/s 5. sltko cTolws k]6«f]lnod pTkfbs /fi6«sf] pkef]u sd 5 eg] sltko cTolws pkef]ustf{ /fi6«sf] pTkfbgdf Go"g of z'Go 5 . ;fdfGo lx;fan] x]bf{ k]6«f]lnod of cGo phf{sf] pkef]u h'g /fi6«n] a9L u5{g tL ljsl;t /fi6« 5g\. pkef]usf] lx;fan] ;d]t cd]l/sf ;+;f/sf] ;a}eGbf a9L k]6«f]lnod pkef]Qmf /fi6« xf]-tflnsf #_. pkef]usf] lx;fa n] pRrtd pkef]Qmf /fi6« k|fo lasl;t g} 5g\. t]>f] a9L k]6«f]lnodsf] pkef]u ug]{ ef/t / ;ftf} a9Lsf] a|flhn afx]s cGo ;a} bz pRr pkef]Qmf /fi6«x? ljsl;t /fi6« x'g. ;g\ !(() ;Dddf ef/tsf] xf/fxf/Ldf g} /x]sf] rLgsf] k]6«f]lnod pkef]u b/ To;kl5sf] ljsf; qmddf plk|mP/ cTolws x'g k'u]sf] xf]. ;g\ @)!* df !#% nfv Aof/]n k|ltlbg pkef]u ug]{ rLg ;g\ !(^% df hDdf @ nfv Aof/]n k|ltlbg pkef]u ug]{ uYof{]]. k]6«f]lnod ;+u} rLgsf] s'n OGwg pkof]u klg ut b'O{ b;s b]lv cTolws p5fn cfPsf] 5. pTkfbgdf guGo ePklg cTolws k]6«f]lnod pkof]u ug]{ /fi6«x? df hfkfg, hd{gL, blIf0f sf]l/of, k|mfG;, O6fnL cflb k5{g\. g]kfn klg o;} ju{df kb{5.            
tflnsf # : laZjsf !) 7"nf t]n pkef]Qmf /fi6«x?
 ->f]t: O{cfO{P @)!(_ 


/fi6«
nfv Aof/]n k|ltlbg
-;g\ @)!*_
s'n ljZjsf] pkef]u k|ltzt
!
cd]l/sf
@)$
@)
@
rLg
!#%
!#
#
ef/t
%!
%
$
hfkfg
$)
$
%
?;
#^
$
^
;fpbL c/a
##
#
&
a|flhn
#)
#
*
b sf]l/of
@^
#
(
Sofgf8f
@%
@
!)
hd{gL
@$
@

s"n laZj
!)@)
!))

cf]k]ssf] e"ldsf
a9L pTkfbg u/] ljZj ahf/df t]nsf] efp 36\g] 8/ ePsf] n] x/]s b]zn] ug]{ pTkfbgsf] lgu/fgL ul/Psf] x'G5. cf]k]s h:tf ;+u7gx?n] o:tf] lgu/fgL u/]sf 5g\. t]n d"Nosf] lu/fj6n] vf8L /fi6«x?df ;d]t gsf/fTds c;/ kg]{u/]sf] 5 . s'g} klg b]zsf] e"efu d"lg k|fljlws ?kn] ;xh l:yltdf /x]sf] / /fhg}lts ?kn] sf]6f cg';f/ lemSg;lsg] ;Defjgf () k|ltzt ePsf] e08f/ IfdtfnfO{ P90 eGg] ul/G5. k|fljlws ?kn] e08f/ Ifdtf ePklg lemSg] sf]6f Go"g lgwf{l/t ul/lbOPsf]n] e]g]h'Pnf hxfF ;+;f/sf] ;a} eGbf 7"nf] t]n e08f/ 5 ToxfF af6 cd]l/sf eGbf sd t]n lgsflnG5. 
o;/L t]n cy{gLlt / /fhgLlt nfO{ lgolGqt / lgodgsf] ;fd'lxs k|ofzsf] nflu l:jh/Nof08sf] h]g]efdf !(^) df cf]k]s :yfkgf ul/Psf] xf] h;sf] sfof{no !(^% b]lv clxn] ;Dd cli6«ofsf] lePgfdf cjl:yt 5. xfn !$ 7"nf t]nsf] Aofkf/ ug]{ /fi6«x? cf]k]sdf ;+nUg 5g. cf]k]s /fi6«n] s"n ljZj pTkfbgsf] $# k|ltzt t]n pTkfbg u5{. ;g\ @)!$ cl3sf s]lx aif{ o;n] t]nsf] d'No l:y/ /fVg ;s]sf]df To;kl5 t]n /fhgLlt n] nuftf/ efp 36\b} uPsf] 5. t]nsf] d"Nodf ;g\ @)!% sf] clGtd dlxgfdf Pltxfl;s lu/fj6 cfP/ #$=% 8n/ ;Dddf em/]sf]df @)!^ k5L cf]k]s s} lgu/fgLdf k|lt Aof/]n $^ 8n/ ;Dd sfod ePsf] 5 . cf]k]ssf] lg0f{on] ;+;f/ el/sf] cy{tGqdf c;/kg]{ u5{. 

k]6«f]n hlgt 7"nf emu8fx?
k]6«f]n / l8h]n h:tf OGwgdf lglxt Ifdtfn] ljZj O{ltxf;df cg]sf} 7"nf em}emu8fx? lgDTofPsf] 5. lazf} ztfAbLdf k]6«f]nsf] sf/0f g} 7"nf 7"nf n8fO{ ePsf] O{ltxf; e]l6G5. bf]>f] laZj o'4df, hf] ;g\ !(#( b]lv !($% ;Dd rNof], la|6]g / p;sf ;fly /fi6«x? cyf{t\ cd]l/sf, k|mfG;, ?; cflbn] vf]lh vf]lh klxnf] cfqmd0f hd{gLsf k]6«f]n e+8f/ / l/kmfOg/Lx?df u/]sf lyP h;n] hd{g kmf}hsf] cGo b]z ;Dd k'u]/ cfqmd0f ug]{ Ifdtfdf 7"nf] ca/f]w NofPsf] lyof]. bf]>f] laZj o'4 tfsf g} cfˆgf k]6«f]lnod l/kmfOg/Lx? Wj:t ag]kl5 hd{g kmf}hn] ?;sf] 7"nf] e"efudf cfˆgf] cflwkTo sfod uof]{ h;sf] d'Vo sf/0f ?;sf] afs' l:yt k]6«f]lnod l/kmfOg/L lyof], hf] ;+;f/sf] 7"nf] dWo]sf] k]6«f]lnod pTkfbs If]q xf].
;g\ !(&# df ;fpbL c/a nfufot\ cGo c/a /fi6«x?n] s]lx klZrdL / pgsf ;xof]uL /fi6«x? h:tf]  cd]l/sf, la|6]g, hfkfg, hd{gLdf t]n gk7fP/ gfsfaGbL u/]. o;sf] sf/0f lyof] oL /fi6«x?n] O:nflds /fi6«sf] s§/ zq' Oh/fO{nnfO{ …of]g lsk'/Ú elgg] Oh/fOnc/a o'4df ;xof]u u/]sf]. o; gfsa+bL n] ;+;f/el/df g} b'/ufdL /fhg}lts / cfly{s k|efj kf/]sf] lyof].  
a]nfa]nfdf O{/fgdf klZrdL /fi6«x?n] gfsfaGbL nfufpg] u/]sf 5g\. cr]n klg O{/fgdf cd]l/sfn] gfsfaGbL nufO{/fv]sf] 5. eGg nfO{ cf0fljs ;lGwdf x:tfIf/ gu/]sf] sf/0f n] elgP klg of] gfsfaGbLsf] k|d'v sf/0f t]n g} xf] eGg] ul/G5. lautdf, O/fgdf ;4fd x';]g nfO{ lgoGq0f / kmfF;L lbg' , lnlaofsf u2fkmLsf] b'b{zfk"0f{ xTof x'g', b]lv clxn] e]g]h'j]nfsf] cfly{s gfsfaGbL ;Ddsf b'3{6sf] k5f8L t]n /fhgLlt g} xf] elgG5. g]kfndf klg @)$% ;fn / @)&@ ;fndf ef/tLo gfsfaGbLsf] sf/0f k]6«f]lnod kbfy{sf] cfk"lt{ /f]lsbf b]zn] 7"nf] cfly{s g]S;fgL / ljsf; lgdf{0fdf gsf/fTds k|efj ef]Ug'k/]sf] lyof] .

g]kfnsf] ;+we{df k]6«f]lnodsf] k|of]u / eljio
g]kfndf ef}ueL{o Uof; / cGo k]6«f]lnod kbfy{sf] ;Defjgf cem} k|i6 b]lvPsf] 5}g. t/ s]lx e"ue{ zf:qLx?sf cg';f/ oxfFsf s]lx If]qsf] ef}ule{s agf}6 / /f;folgs ;+/rgf cGo b]zsf k]6«f]lnod s'jfx? ;+u ldN5. lautdf u/Psf s]lx cGj]if0fx? af6 oxfFsf gd'gf alrtf 6]S;; / cNa6f{ la|l6; sf]nlDaofsf gd'gfx? ;+u ldn]sf] b]lvPsf] 5. g]kfnsf e"ue{ zf:qLx?sf cg';f/ g]kfnsf t/fO{sf s]lx / l;jflns kxf8sf s]lx If]qsf] Ps /]vLo ef}ule{s ;DaGw t]n pTvgg ul/g] kfls:yfgsf] kf]6j/ / ef/tsf] cf;fd ;+u 5. xfn} rLlgof sDklgn] b}n]vdf k]6«f]lnod cGj]if0fsf] sfd z'? u/]sf] 5 h;n] g]kfndf klg k]6«f]lnod pTkfbgsf] ;+s]t eg] lbPsf] 5. d'lQmgfy / b}n]vsf cg]s If]qx? df aiff}{ b]lv aln/x]sf ef}ule{s Hjfnf, To:t} sf7df8f}Fsf] O{df8f]n, sflndf6L, k'Nrf]ssf s]lx 7fpdf lgl:sg] ef}ule{s Uof; n] k]6«f]n of e"ueL{o Uof;sf] ;Defjgf g]kfndf klg ePsf] ;+s]t eg] u5{.

g]kfnL cy{tGqdf k]6«f]lnodsf] k|efj
cfly{s b[li6sf]0f n] klg cfofltt k]6«f]lnod n] xfd|f] ah]6 3f6fdf 7"nf] k|efj kfl//x]sf] b]lvG5 . g]kfn cfon lgudsf cg';f/ g]kfndf kl5Nnf ^ jif{df ;f9] ^ va{ ?k}ofFsf] OGwg cfoft ePsf] lyof] h;df emG8} Ps s/f]8 5 nfv lsnf]ln6//d]l6«s 6g k]6«f]lnod OGwg -k]6«f]n, l8h]n, d§Lt]n, xjfO{ OGwg / vfgf ksfpg] Uof;_ cfoft ePsf] lyof]. ut cfly{s jif{d} b]ze/ rf/ nfv #& xhf/ ^ ;o !$ sf] ;+Vofdf gofF ;jf/L;fwg btf{ ePsf] tYof+s x]bf{ of] k]6«f]lnodsf] a9]sf] dfusf] d'Vo sf/s ;jf/L ;fwgsf] of] a9f]Q/L eGg ;lsG5 .
cfly{s ;j]{If0f @)&%÷&^ x]bf{, g]kfnsf] ef/t ;+usf] s'n cfoft @)&%÷&^ sf] k|yd cf7 dlxgfdf sl/a ? ^!@ ca{ x'Fbf s]jn k]6«f]lnodsf] cfoft ? !#% ca{ /x]sf] lyof], h'g s'n ef/tLo cfoftsf] @@ k|ltzt x'g cfpF5. OGwgdf g]kfn zt k|ltzt ef/tdf lge{/ 5. ut aif{ @)&$÷&% sf] k]6«f]lnodsf] cfoft, b]zdf a9\bf] dfu cg';f/, ut aif{ cyf{t\ @)&#÷&$ sf] eGbf #) k|ltzt n] a9]sf] cfly{s ;j]{If0f n] b]vfPsf] 5 . o; lx;fan], xfd|f] oftfoft / k"jf{wf/sf] a9\bf] cfjZostf cg';f/ cfofltt k]6«f]lnodsf] dfu a9\b} uPsf] / ;f] sf] nflu lab]lz d'›fdf 7"nf] /sd x/]s aif{ lab]lzb} uPsf] 5. of] k|lqmof /f]Sg xfdLn] hnlaWo't, zf}o{ nufot a}slNks phf{df a9L cg';Gwfg / k|jw{g u/]/ / b]z leq g}  vlgh t]n Uof; of sf]Onfsf] vfgL 5g 5}gg\ eGg] cGj]if0f u// cfˆgf] cfoft 36fpb} nUg] k|ofzdf nfUg' h?l/ 5. ut aif{ af6 hnlaWo'tsf] ;xh / /fd|f] k"lt{ ePsf] n] of] aif{ cfofltt OGwgsf] dfudf s]lx ;sf/fTds k|efj k/]sf] cy{zf:qLx?sf] wf/0ff 5. g]kfn n] cem} a}slNks phf{ af/] cfˆgf] Wofg s]lG›t ug{' h?l/ 5.                  

g]kfnsf] phf{ cfjZostfsf] lbuf] ;dfwfg
k]6«f]n, l8h]n, d§Lt]n, Uof; nufotsf ef}ule{s OGwgsf] k|of]un] sfa{g, ldy]g h:tf aftfj/0f nfO{ xfgL k'of{pg] tTjx? lgl:sG5g\. km]/L o:tf OGwg cfˆgf] b]zdf gkfOg] / ljb]z af6 dx+uf]df cfoft ul/ lab]zL d'›fdf eQmfgL lbg'kg]{ x'gfn] g]kfnsf] eljiosf] phf{sf] cfjZostf k]6«f]lnoddf geO{ a}slNks phf{df s]lG›t x'g' h?l/ 5. s'g a}slNks phf{ cfly{s ?kn] kmfObfhgs 5, jftfj/0fsf] lx;fa n] sd xflgsf/s 5, / To;sf] >f]t xfd|f]nfuL lbuf] 5 – To;df g]kfn ;/sf/, ;DalGwt lj1, k|fljlw1x? sf] ax; cg';Gwfg k5L lgs{\of]n cfpg' h?l/ 5. h}ljs OGwg-afof] Uof;_, u'O{7f, afo' zlQm, zf}o{ phf{ h:tf a}slNks ;fwgx? sf] pkof]u g]kfndf ePsf 5g\ t/ Go"g ?kdf dfq .




cfly{s ;j]{If0f @)&%÷&^ cg';f/, uPsf] kf+r aif{df bfp/f h:tf k/Dk/fut >f]tdf g]kfnLsf] lge{/tf s]lx 36\b} uPklg of] cem} b]zsf] ;a}eGbf 7"nf] OGwgsf] >f]t ePsf] b]lvG5. k/Dk/fut phf{ >f]tdf cfly{s aif{ @)&%÷&^ sf] tYof+sdf ;d]t lge{/tf emG8} ^( k|ltzt, /x]sf] b]lvG5 -tflnsf $_. gljs/0fLo phf{, h;df zf}o{ / jfo' phf{x? k5{g, n] s]jn #=@ k|ltzt ef/ af]s]sf] b]lvG5. eg] k]6«f]lnod kbfy{ n] emG8} !* k|ltzt ef/ af]s]sf] b]lvG5. xfdLn] cfofltt k]6«f]lnodsf] a}slNks >f]t vf]Hg h?l/ 5. t/ o;sf] nflu klg xfdLnfO{ w]/} aif{ nfUg] / /fd|f] ah]6 5'6\ofpb} hfg'kg]{ b]lvG5 lsgls o;sf] nflu gofF cGj]if0f / k"jf{wf/ lgdf{0fsf] cfjZostf kg]{ 5.  
k]6«f]lnod kbfy{sf] e08f/ ;lsb} uPsf], o;n] k[YjLsf] aftfj/0f laufb}{ tfkqmd a9fPsf] x'gfn] klg clxn] ;+;f/ el/ g} gofF gofF a}slNks OGwgx? sf] vf]lh / k|of]u a9\b} uPsf] 5. cfpFbf] lbgx?df ;a{;'ne –kflgsf] cf0fljs 5]bg ul/ of xfO8«f]hg, lxlnod h:tf kbfy{ af6 OGwg lgsfNg g;lsPnf / o;af6 uf8L rnfpg,  3/ tftf] lr;f] agfpg of r'nf] afNg g;lsPnf eGg ;lsGg. lsgls ljsl;t b]zsf k|of]uzfnfx?df o:t} k|sf/sf k|of]ux? clxn] wdfwd rln/x]sf 5g\ . cfzf u/f} lgs6 eljiodf g} hLjgsf] nflu cTofjfZos OGwg ;a{;'ne / ;xhtf ;+u ;+;f/ el/sf hgtfx? ;+u} g]kfnLx?n] klg kfpg ;Sg]5g\.    
––.––.––.––.––.––.––.––.––.––.