पहिले कृषि र उद्योगलाई भिन्दाभिन्दै कित्तामा राखेर हेर्ने गरिन्थ्यो । कृषिबाट उद्योगमा रूपान्तरण गरेर विकसित मुलुकहरूले आफूलाई औद्योगिक राष्ट्र भनाए । त्यतिखेर कृषिमा औद्योगीकरण, आधुनिकीकरण गर्ने अवधारणाको विकास भइसकेको थिएन । कृषि पनि वित्तबजारको अंश हुन्छ भन्ने परिकल्पना थिएन । तर समय परिवर्तन भइसकेको छ । यिनै परिवेशमा भन्नुपर्दा परम्परागत उद्योगको भविष्य नेपालमा छैन । एक दशकपछिको नेपालमा हाल रुग्ण रूपमा चल्दै गरेका उद्योगहरू पूर्ण रूपले हराउनेछन् । उद्योगका लागि कच्चापदार्थ, श्रमिक र पुँजीको आवश्यकता पर्छ । नेपालमा न त कच्चापदार्थ छ, न सस्ता श्रमशक्ति, न यथेष्ट पुँजी । सरकारको उद्योग प्रवद्र्धन गर्ने नीति र पूर्वाधार विकासले पनि देश–विदेशका पुँजीपतिहरूलाई उद्योग स्थापना गर्न आकर्षित गर्छ । दशकअघि ‘औद्योगिक क्षेत्र’को अवधारणा आएको थियो र उद्योग विकास गर्न बाटो, बिजुली, सुरक्षाजस्ता केही भौतिक पूर्वाधार बनाइएको थियो । त्यसअनुरूप देशभरि १० वटा औद्योगिक क्षेत्र पनि खुलेका थिए । हाल उद्योगपतिहरू सरकारको नीति उत्साहप्रद नभएको तर्क गर्छन् । नेपालको श्रमशक्ति भारत, बंगलादेश र चीनको भन्दा महँगो छ । जहाँ जनघनत्व बढी हुन्छ त्यहाँ श्रमिकको ज्याला कम हुन्छ । नेपालमा कामदार पाउनै गा¥हो हँुदै गयो र ज्याला महँगो भयो । लोकतन्त्रसँगै थपिएको अर्को समस्या बन्द–हड्तालको हो । श्रमजीवीहरूबाट पाइने र परेको बेलामा बन्द–हड्ताल, जुलुस, भाषणमा ‘सस्ता र भरपर्दा’ कार्यकर्ताका रूपमा प्रयोग गर्न सकिने भएकाले राजनीतिक दलहरूको रुचि यिनमा बढ्दै गएको छ । चलिरहेका युनिलिवरजस्ता केही ठूला उद्योगसमेत यिनै कारणले संकटग्रस्त भए । डार्बिनको प्राणीसम्बन्धी विकासवादको सिद्धान्तले भन्छ– ‘त्यो प्राणी मात्र संसारमा टिक्छ जो प्रतिस्पर्धामा अरूलाई जित्दै टिकिरहन सक्छ ।’ खुला बजारमा पनि यो सिद्धान्त हुबहु लागू हुन्छ । खुला बजारमा उच्च गुणस्तर र कम मूल्यका उत्पादन मात्र टिक्न सक्छन् । उत्पादनको पद्धति, श्रमिकको ज्ञान र मेसिन जति उच्च कोटीको हुन्छ त्यो उत्पादन त्यति नै बजारमा टिक्न सक्ने हुन्छ । तर, हाम्रा कलकारखाना, श्रमिक र प्रविधि कमसल छन्, किनकि विज्ञान र प्रविधिको विकासका लागि देशले न्यूनतम ध्यान दिएको छ ।
हाम्रा दुईतिर संसारकै विशालतम जनसंख्या र अर्थतन्त्र भएका शक्तिशाली देशहरू छन् । भारत र चीन दुवै विज्ञान र प्रविधिको प्रचुर विकास भएका देश हुन्, जसलाई हाल विश्वका उदीयमान अर्थतन्त्रका रूपमा पनि चिनिन्छ । यी दुई देशको तुलनामा हाम्रो श्रमशक्ति २–३ प्रतिशतजति मात्र छ र कुल गार्हस्थ्य उत्पादन १ प्रतिशतभन्दा कम । नेपालमा उद्योगले गार्हस्थ्य उत्पादनमा करिब ६ प्रतिशतको योगदान दिएका छन् भने भारतमा २८ प्रतिशत र चीनमा ४७ प्रतिशत योगदान दिएका छन् ।।
तालिका: आर्थिक
र श्रम क्षमतका परिसूचक, २०११
देश
|
श्रमशक्ति
(दस लाखमा ) |
कूल
गारस्थ्यउत्पादन (अर्ब अमेरिकी डलर मा)
|
गारस्थ्यउत्पादन
वृद्धिदर
|
गारस्थ्यउत्पादनमा
उधोगको योगदान(%)
|
नेपाल
|
१६
|
१८.८८
|
३.५%
|
६.२
|
भारत
|
४७२
|
१८४७.९८
|
७.२%
|
२८
|
चिन
|
९३७
|
७३१८.५०
|
९.२%
|
४७
|
यसरी तुलनात्मक रूमा नेपाल नवजात शिशु र हाम्रा छिमेकीहरू भीमकाय भीमसेनजस्ता देखिन्छन् । नेपालको व्यापारघाटा ‘सुरसाको मुख’ जस्तै हरेक क्षण ठूलो हँुदैछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द«को तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ खर्ब ८० अर्ब रुपैयाँ पुगेको व्यापारघाटा यस आर्थिक वर्षको ९ महिनामा (२०६९ चैत सम्ममा) १ सय १४ प्रतिशतले बढेर ३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये झन्डै ३१ प्रतिशत घाटा भारतसँग नै भएको थियो । भारत र चीनबाट भूपरिवेष्टित रहेको नेपाल, ती दुई देशका कम लागतका उत्पादनको बाढीबाट जोगिन कदापि सक्दैन । तसर्थ यी हाम्रा उद्योगहरू जो विविध आन्तरिक कारणले लडखडाइरहेका छन्, आउँदो १० वर्षभित्र सम्पूर्ण हराउने डर देखिन्छ ।
के हाम्रो उद्योगको भविष्य पूर्ण अन्धकारमय हुने हो त ? यसो होइन । हामीमा कृषिको ज्ञान निकै राम्रो छ । कृषिमा हाम्रो धर्म, सस्ंकृति, दर्शन, साहित्य, भाषा, प्रेम, क्रान्तिलगायत जीवनका हरेक तथ्य मिलेको छ । कृषिबारे केही ज्ञान दिँदा पढलेख नगरेकाले पनि राम्ररी बुझ्न र उपयोग गर्न सक्छन् । भाग्यवश हामी हिमाल र तराईको यस्तो भौगोलिक स्थितिमा छौं जहाँ संसारको दुर्लभ हावापानी र जैविक विविधता प्राप्त छ । केही जोसिला नेपाली युवाले भविष्यको बाटो देखाउँदै गरेका उदाहरण पाइँदैछ । जुनार, च्याउ, रेन्बोट्राउट माछा, टनेलका तरकारी खेतीजस्ता कामबाट देशमै राम्रा कमाइ गरिरहेका युवाहरूले विदेशको दुःखद र अनिश्चित रोजगारीको पछाडि दौडेकाहरूलाई झस्काएका छन् । नवलपरासीका चन्द्र शर्माको अष्ट्रिच पालनको चर्चा धेरै भएको छ, जहाँ २ सय ५० केजी तौलका ८ सय वयस्क अष्ट्रिच हुर्किसकेका छन्, जसबाट उनले सन् २०२० सम्ममा रु. ८७ अर्बको व्यापार गर्ने हिसाब गरेका छन् । यी सबै उदाहरण उत्पादन सोझै बिक्री गर्नेका हुन् या भनौं शुद्ध कृषि गर्नेको । यसमा आम्दानी केही कम नै हुन्छ । यदि यस्ता उत्पादनलाई थोरै मात्र प्रशोधित या परिवर्तित गर्न सके बढी मुनाफा दिने र लामो समय भण्डारण गर्न सकिने हुन्छ । पूर्वोत्तर संखुवासभाको हिन्वा वाइन, मार्फाको ब्रान्डी, जिरीको चीज, इलामको चिया, गुल्मीको उच्च–पर्वतीय कफी र गलैंचा उद्योग केही यस्ता उदाहरण हुन् जसमा देशका कृषि उत्पादनको उपयोग भई सामान्य प्रशोधन पनि गरिएको छ । यी यस्ता उदाहरण पनि हुन् जो नेपालको विशेष जलवायुमा आफ्नै खालको स्वाद दिने उत्पादनका रूपमा विश्वविख्यात भइसकेका छन् । जस्तो नेपालको उच्च पर्वतीय कफी संसारका अरू धेरै देशका कफीभन्दा एकदमै भिन्न छ भनेर पारखीहरू भन्छन् । हाम्रा यस्ता आफ्नैपना भएका कृषि उत्पादनको पहिचान गर्दै जानुपर्छ र यसलाई अर्ध–प्रशोधित गरी कुन रूपमा विश्वबजारमा लान सकिन्छ त्यसको खोजी हुनुपर्छ । हामीले गर्न सक्ने भविष्यका उद्योग यिनै मात्रै हुन् अर्थात मौलिक कृषिजन्य उत्पादनको प्रशोधन उद्योग । यार्सागुम्बा, पाँचऔंले, केशर, जटामसीजस्ता बहुमूल्य जडिबुटी जो प्रायः नेपालमा मात्रै पाइन्छ, हामी कच्चा रूपमा सोझै बेचिदिन्छौ । यसबाट पनि केहीको घरबार त चलेको छ, तर सामान्य प्रशोधन गरी तेलका रूपमा बेच्दा यसबाट दस गुना बढी मूल्य पाइन्छ र केही बढी मान्छेले रोजगारी पनि पाउँछन् । फेरि सामान्य प्रशोधनका लागि ठूलो लगानी र प्रविधिको आवश्यकता पनि पर्दैन । तसर्थ, सरकार र योजना आयोगको ध्यान लड्खडाइरहेका परम्परागत उद्योगलाई विभिन्न सहुलियत र छुट दिएर भ्यान्टिलेटरमा राख्नुको सट्टा राम्रो भविष्य भएका उद्योग पहिचान र प्रवद्र्धनमा जानुपर्छ, जसमा कृषिमा आधारित उद्योग पहिलो पंक्तिमा आउँछन् ।
No comments:
Post a Comment