Sunday, August 30, 2015

(कान्तिपूर लगायत केहि पत्रिकामा चिठीको रुपमा प्रकाशितभाद्र २०७२) ​

भूकम्पको झड्का 
भूकम्पपछि बिजुलीको बिल अचानक ५० देखि १०० प्रतिशतले बढेको छ | प्रयोग सधैँ झैं सामान्य गर्दा पनि यसरी बढेको पहिलो महिना मेरो मात्र भन्ठानेको त सबै छिमेकिको पनि त्यहि कथा रहेछ | पछि कुरा गर्दै जाँदा मावली, ससुरालीमात्र होइन बसमा चडनेले पनि यहि भन्दा काठमाडौँको  सानो सर्वेक्षण नै भयो | 
बिधुतप्राधिकरणको घाटा २६ अर्ब ८० करोड भयो भन्ने त सुनिएको हो, यो पूर्ति गर्न यस्तो रहश्यमय तरिका अपनाएको त होइन ? या सरकारले भूकम्प पिडितलाई गरिएको सहयोग हो यो ?
गएको तिन महिनादेखि भएको यो बिजुली मिटरको बढोत्तरी बारे सरकार र प्राधिकरणले चित्तबुझ्दो जवाब र क्षतिपूर्ति जनतालाई दिनेहो या होइन ?         
बिकाश राज सत्याल, शान्तिनगर, नया बानेश्वर

No comments:

Post a Comment