Showing posts with label मुद्रास्फीति. Show all posts
Showing posts with label मुद्रास्फीति. Show all posts

Thursday, February 6, 2020

संकटमा आर्थिक सम्वृद्धि : कारोबार माघ २०, २०७६

https://www.karobardaily.com/news/idea/28619

संकटमा आर्थिक समृद्धि

 
बेरोजगार युवालाई लक्षित गर्दै अगाडि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रधानमन्त्री कृषि कार्यक्रमजस्तै उपयोगहीन भएको छ ।
जब देखाउने उपलब्धि केही हुन्न तब नयाँ–नयाँ नारा बनाउने जरुरत पर्छ । ‘समृद्ध नेपाल र खुसी नेपाली’ को अलाप अहिले यस्तै बेमौसमी देखिन्छ, जसको तारतम्य देशलाई घेर्दै आएका आर्थिक संकटहरूसँग मिलेको देखिन्न । महँगाइ र अभावले सामान्य जनता आफ्ना दैनिक जीवनका आवश्यकता पूरा गर्न नसकेर खुसीबाट टाढिँदै गएका बेला आर्थिक मुद्दामा नै केन्द्रित हुने वाचा गरेर पदासीन भएको यो सरकार भने यत्रो उपलब्धि हुँदा पनि आफ्नो तारिफ गर्ने ‘मुटु नभएको’ भन्ने कुण्ठामा छ । तर, अर्थतन्त्रलाई घेर्दै गएको कालो बादलले आउँदा दिनहरूमा देशवासीको दैनिकीमा ग्रहण लाग्ने पूर्वसंकेत भने दिन थालिसकेका छन् ।
दुईतिहाइको बहुमतले स्थिर बनेको सरकारसँग जनताका थेरै अपेक्षा जोडिएका थिए । तर, एउटै दल भए पनि गुटगत राजनीतिको सिकार बन्न पुगेकाले सक्षमलाई भन्दा गुटगत समीकरण टिकाउन जिम्मेवारीका पदहरू बाँड्दा सक्षमलाई नेतृत्व दिन नसक्नु भनेको प्रमकै कमजोरी भन्नुपर्छ । योजनाप्रमुख र मन्त्रालयहरूमा सही मान्छे चुन्न नसक्नु र वर्षौंदेखि व्यवस्थालाई गाँजेर राखेका भ्रष्टाचार, कर्मचारीतन्त्रको अकर्मण्यता र अनुशासनहीनता आदिलाई नियन्त्रण गर्न नसक्दा, यो सरकार पनि पुराना घिसेपिटेका सरकारभन्दा खासै फरक देखिन्न ।
नेपाल प्राकृतिक सम्पदाले भरपुर तर आर्थिक रूपले गरिब राष्ट्र हो । प्राकृतिक स्रोतले भरपुर भए पनि हाम्रो अर्थतन्त्रको आकार संसारकै न्यूनतम समृद्ध देशहरूको स्तरमा पर्छ । अन्तर्राष्ट्रिय मुद्राकोषको सन् २०१९ को तालिकामा भएका २ सय ११ राष्ट्रका प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन र कुल अर्थतन्त्रको आकार हेर्दा नेपाल १ सय ८२ औं स्थानमा पर्छ । केही नाम ज्यादै नसुनिने र युद्धग्रस्त अफ्रिकाका साना राष्ट्रहरू मलावी, बुरुन्डी, हाइटीजस्ता मात्र नेपालभन्दा विपन्नको सूचीमा तल परेको देखिन्छ । यसबाट ६ वर्ष लामो लोकतान्त्रिक व्यवस्था र यही स्थायी सरकार चलेको पनि दुई वर्ष नाघिसक्दा हाम्रो आर्थिक हैसियतमा के सुधार भएको छ भन्ने प्रस्टिन्छ, जो सरकारी नारा र आत्मप्रशंसाभन्दा भिन्दैछ ।
देशमा रोजगारीको वातावरणमा आमूल परिवर्तन गर्ने नाराका साथ पदभार सम्हालेको यो सरकारको २७ महिनाको कार्यकालमा भनेजस्तो रोजगारीका नयाँ योजना आउन सकेका छैनन् । रोजगारी बढाउन नयाँ उद्योग–व्यवसाय स्थापना हुनुप-यो, निर्माणका योजना अघि बढ्नुप-यो । निर्माण व्यवसायीहरूसँग राजनीतिक दलहरूको साइनो मजबुत हुँदै गएको र निजी फाइदा लिने प्रवृत्तिमा मन्त्रालय, सचिवालय मुछिँदै गएको समाचार हरेक दिन पत्रिकामा आएका छन् । एमनेस्टीको प्रतिवेदनले पनि यसको पुष्टि गरेको छ । ठूला–साना, राष्ट्रिय गौरवका परियोजनाहरूमा समयमा काम नगर्ने, निर्धारित स्तरको काम नगर्ने ठेकेदारहरूलाई दण्ड दिन नसक्नुमा यो सरकार पनि उत्तिकै लाचार देखियो, जस्तो पहिलेका सरकारहरू । त्यसैले अधिकांश राष्ट्रिय गौरवका परियोजनाहरू जो प्रधानमन्त्री कार्यालय स्वयम्ले अनुगमन गर्ने गरेको छ । यिनमा समेत २० प्रतिशतमुनि प्रगति देखिनु लज्जास्पद हो । महालेखाले भखरै प्रकाशित गरेको प्रतिवेदनअनुसार काठमाडौं–तराई मधेस फास्टट्र्याकमा (२ प्रतिशत), मेलम्ची खानेपानी आयोजनामा (५ प्रतिशत), गौतम बुद्ध विमानस्थलमा (१४ प्रतिशत), उत्तर–दक्षिण राजमार्गमा (१५ प्रतिशत) र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा (१६ प्रतिशत) मात्र पुँजीगत खर्च भएको छ ।
राष्ट्रिय बजेटको खर्च हेर्दा चालू आर्थिक वर्षको मध्यावधिसम्ममा पनि केवल १४ प्रतिशतमात्रै पूँजीगत खर्च भएको देखिन्छ । जो गत वर्षको मध्यावधीभन्दा पनि ४ प्रतिशत कम हो । यसले एकातिर रोजगारी दिने विकास निर्माणका कामहरू न्यून भएको देखाउँछ भने अर्कातिर यो वर्ष पनि गत वर्षहरू जस्तै ‘असारे विकास’कै पुनरावृत्ति हुने संकेत दिन्छ । जसको मतलब हो, आर्थिक वर्षको अन्तिम महिनाहरूमा स्तरहीन निर्माणका काम हुने र आवश्यक अनुगमनबिना नै भुक्तानी दिएर पुँजीगत खर्च भएको ढाकछोपको तथ्यांक देखाउने ।
बेरोजगार युवालाई लक्षित गर्दै अगाडि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रधानमन्त्री कृषि कार्यक्रमजस्तै उपयोगहीन भएको छ । यो कार्यक्रम उपयोगहीन हुनुको मुख्य कारण, योजना कमजोर हुनु हो । खर्च कुन काममा गर्ने, त्यसको उपलब्धि के हुने, कसलाई समावेश गर्ने भन्ने गृहकार्य नगरी चलाइएकाले गत वर्षको बजेट तह लाउनैको लागि घाँस उखेल्ने, सडकको ढुंगा टिप्ने जस्ता निरर्थक काम गरेर सकाइयो, जसमा दलहरूका कार्यकर्ता नै बढी संलग्न रहेको भनिन्छ । अहिले सबै स्थानीय तहमा ‘रोजगारी सेवा केन्द्र’ खोलेर बेरोजगार भत्ता बाँड्ने तयारी गरिएको छ, जो स्थानीय तहसँग समन्वय नगरिएको हुनाले र बजेट अभावले प्रभावहीन हुने देखिन्छ ।
देशभित्रै रोजगारी बढाउन नसकेको सरकार बरु युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएर विप्रेषणको सजिलो कमाइ खान पल्केको देखिन्छ । नयाँ नयाँ गन्तव्यको खोजीमा सरकार आफ्नो उपलब्धि देख्छ । सरदर दैनिक १५ शैयाको दरमा युवाहरू वैदेशिक रोजगारीमा त्रिभुवन विमानस्थलबाट र त्यत्तिकैको संख्यामा भारत र तेस्रो देशमा जाने गरेका छन् । आजसम्ममा करिब ५० लाख युवा यसरी बिदेसिएको अनुमान गरिन्छ । तर, यो कमाइ पनि पाम आयलजस्तै अनिश्चित कमाइ हो । अमेरिकाको इराकसँग तनाव बढ्दा अहिले खाडीमा जाने नेपालीको रोजगारी संकटमा परेको छ । खाडी संकटमा नेपाली कामदार पहिले पनि फसिसकेका हुन् । केही वर्ष पहिला मलेसियाले रोजगारी नदिंदा थुप्रै नेपाली घर फर्किएका हुन् । नयाँ नागरिकता कानुनले भारतमा काम गरिरहेका नेपालीलाई समेत असर पर्ने देखिन्छ ।
विप्रेषणबाट सरकारले कुल गार्हस्थ्य उत्पादनको झन्डै २६ प्रतिशत बराबर कमाउँछ । जो देशको लागि राम्रै आयको स्रोत हो । तर, यसको बदला देशको उत्पादनशीलता संकटमा परेको छ, जसको प्रमुख लक्षण हरेक वर्ष बढ्दै गएको व्यापारघाटाको आकार हो । आब २०७३÷७४ मा व्यापार घाटाको वृद्धिदर नै ३० प्रतिशत पुगेको थियो । युवाहरू बिदेसिँदा उत्पादनशीलता मात्र बिदेसिने होइन, देशको सामाजिक परिवेशसमेत खल्बलिन्छ । पारिवारिक बिखण्डन र पारपाचुकेका पीडादायक घटना गएका दशकमा ह्वातै बढेका छन् । सन् २०१६ मा प्रकाशित नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार, पछिल्लो १५ वर्षमा जन्मदरमा ठूलो ह्रास आएको छ । यसका अनेक अन्य कारणहरूमध्ये बाबु या आमाको वैदेशिक रोजगारीमा जानु नै प्रमुख कारण भएको सर्वेक्षण बताउँछ । चार वर्ष पुरानो यो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर गत दशकको ३.१ बाट घटेर २.३ पुगेको छ । यस्ता जनसांख्यिक अनुपातका फेरबदलले ठूला सामाजिक परिवर्तन ल्याउँछन्, कतिपय नराम्रा । अहिले चीनको जन्मदर, जुन सन् २०१९ मा घटेर १.७ पुगेको छ, ले चीनमा आर्थिक समस्या ल्याउने, बढ्दो उमेरकालाई उपदान दिन संकट आउने देखेर सरकारले एक दम्पती एक सन्तानको नारा हटाएर, एकभन्दा बढी बच्चा जन्माउनेलाई विशेष सुविधा दिने घोषणा गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचार, नीतिहीनता र योजना बनाउने क्षमता नहुँदा नै हुनुपर्छ, ठूलो तामझामसँग यो वर्ष गरिएको लगानी सम्मेलनले पनि अपेक्षित वैदेशिक लगानी भिœाउन सक्ने संकेत अहिलेसम्म दिएको छैन । प्रतिबद्धता १४ खर्बको भए पनि दुई वर्ष पहिले गरिएको यस्तै सम्मेलनले भिœयाएको झन्डै ३ खर्बभन्दा बढी यो सम्मेलनले ल्याउने आशा कमै देखिन्छ । यही दुर्गति, पूर्वाधारमा ध्यान नदिई गरिएको भ्रमण वर्षको हुने सम्भावना बढेको छ । हाल पर्यटनबाट जीडीपीमा हुने करिब २ प्रतिशतको योगदान डब्ल्याउन नै कठिन पर्ने देखिन्छ । यी सबैले गर्दा वैदेशिक मुद्रा सञ्चितिको स्थितिमा नराम्रो असर पर्ने संकेत दिन्छ ।
सरकारले बडो महत्वाकांक्षी भएर यो वर्षको आर्थिक वृद्धिको लक्ष्य ८.५ प्रतिशत राखेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषलगायतले मध्यकालीन समीक्षा गर्दै यो वृद्धि ६ प्रतिशत ननाघ्नेभन्दा सरकार क्रुद्ध देखिन्छ । तर, अहिले देखिएको, सुस्त पुँजीगत खर्च, संकुचित राजस्व संकलन, बढ्दो व्यापारघाटा, आदिले आर्थिक वर्ष सकिँदासम्ममा आर्थिक वृद्धि अन्तर्राष्ट्रिय अनुमानभन्दा पनि तल झरेर करिब ५.५ प्रतिशतमा अड्किने लक्षण देखिन्छ । अनियन्त्रित बजारले मुद्रास्फीति बढाएको छ । राष्ट्र बैंकअनुसार गत मंसिरमा समग्र मुद्रास्फीतिको दर ६.५५ प्रतिशत र खाद्यान्न, जसमा सामान्य जनताको दैनिकी जोडिएको छ, मा ९.८ प्रतिशतको वृद्धि देखाएको छ, जो भयावह हो । आर्थिक वृद्धिमा संकुचन र बजार भाउमा उच्च वृद्धिले सरकारको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर अर्थात् साल २०७९÷८० सम्ममा २ हजारको हाराहारीमा पुग्ने कल्पनालाई ठूलै चुनौती दिएको देखिन्छ ।
यसरी देशमा विद्यमान सम्पदा र क्षमताहरूको उचित व्यपस्थापन, भ्रष्टाचार नियन्त्रण, अकर्मण्यता, पुँजीगत खर्च बढाउन, मुद्रास्फीति नियन्त्रण गर्न नसक्दा अर्थतन्त्रमा मडारिँदै गएको कालो बादलले समृद्धिको सपना भताभुंग पार्न लागेको संकेत दिँदैछ । तसर्थ सरकारले आफ्नो बाँकी कार्यकालमा आफ्ना कमजोरी सुधारेर जनतालाई देखाएको सपना पुरा गर्न दृढतासँग लागोस् भन्ने कामना छ ।


Saturday, July 25, 2015

अल्छि हामी (शिर्षकमा अत्यधिक सम्पादन गरि हिमाल खबर पत्रिकामा १०-१६ साउन (August 2015) प्रकाशित लेखको पूर्ण अंश )

ओइरिदो सहयोग र बढ्दो परनिर्भरता

नेपालीहरु स्वाभाविक रुपमानै धेरै जा“गरिला जात होईनन् । झन् यो भूकम्पपिडितलाई भनेर आएको सहयोगको ओइरोले नेपालीलाई अझै परनिर्भर र अल्छि बनाउने देखिन्छ । जनसंख्याको चाप कम भएका देशमा सोहि अनुरुप जा“गर घट्दै जान्छ भन्ने ठानिन्छ । उदाहरण्ँको लागि भारत र चीनलाई हेरे पुग्छ । बृहद मुम्बई शहरमा मात्रै सम्पूणर््ँ नेपाल बराबरको जनसंख्या छ जसको जनघनत्व ३३ हजार बर्ग किलोमिटर हुनआउंछ जो काठमाडौ“ शहरको २० हजारको जनघनत्वको डेढगुना भन्दा बढी हो । मुम्बईका साना ‘खोलि’ मा चटपटे, भेलपुरी बेच्नेहरु बिहानको ४–५ बजे देखि तैयारी र रातिको ११–१२ बजे सम्म व्यापार गर्दै ब्यबसायीक व्यस्ततामा रहन्छन भन्ने हालै एक दैनिक खबरमा छापिएको थियो । सानै काम भएपनि यो बजारको मांग अनुसारको व्यस्तताले यस्ता ब्यबसायीले आङ्खनो परिवार मात्र राम्ररी पाल्न सकेका छैनन् अपितु गाउमा घर–जग्गा सम्म जोड्न भ्याएका छन् । यो जा“गरले व्यक्तिको आत्मनिर्भरता त बडाउछ नै शहरको र देशको आर्थिक उन्नतिमा समेत ठूलो सहयोग गर्छ । तर नेपाली यस्ता झिना मसिना काम जस्तो तरकारी साइकलमा डुलाउदै बेच्ने, कपाल काट्ने, बाटो बडार्ने जस्ता गर्न झि“जो मान्ने हुनाले केहि तराईका बाहेक अधिकांश भारतीयहरुबाट नै यस्ता सेबा नेपालीहरुले पाएका छन् । भनिन्छ २०४५ सालको भैचालोको बेला बंगलादेश बाट पसेका बंगालीहरुले झापा, बिराटनगर तथा काठमाडौ“ सम्ममा ठेलामा राखेर मकै पोलेको पहिलो पल्ट देखेर नेपालीले बिस्तारै यस्तो गर्नथालेका हुन् जो अहिले काठमाडौ“मा राम्रै चलेको ब्यबसाय बनेको छ ।
अचेल खाडी या मलेशियामा काम गर्न जाने नेपालीको ठूलो रहर या बाध्यता छ । त्यसरी जाने सबैले राम्रो कमाई गरेका छैनन् । कतिपयलाई त गाउ“मा रोजगारीको लागि लिएको ऋण्ँ तर्न सम्म नसकेर हम्मे हम्मे परेको या यसैले गर्दा आत्महत्या गर्नुपरेको पनि छ । तर विदेशमा सजिलै कुस्त कमाउन सकिन्छ भन्ने मरिचिका प्रायः युवामा छ जसले गर्दा अधिकांसको चाहना देश बाहिर जाने नै हु“दैछ जबकी देशमा नै कामगर्ने जनशक्तिको ठूलो अभाब छ । गाउ“घरमा कृÈिको कामगर्ने जनशक्तिको ठूलो अभाब भएको त दसकौ भईसक्यो । शहर केन्द्रित जनशक्ति पनि  बाहिर जाने मौकाको प्रतिÔामा मात्र शहरमा अट्कीएका देखिन्छन् । ग्रामिण्ँ कृÈिमा मेहनत थियो तर प्रविधि भने समय सापेÔित भएन, जसले गर्दा मेहनत र लगानी अनुसारको प्रतिफल दिन नसकेको हो जसबाट गाउ“ बाट शहर र शहर बाट विदेश जानुपर्ने दवाब बढेको हो । इजराइल ज्यादै कम खेतीयोग्य जमिन भएको प्रायः बलौटे मरुभूमिय जमिनको देश हो । इजराइलको कूल गार्हस्थ्य उत्पादनमा कृÈिको योगदान नगन्य छ, झन्डै १.७ प्रतिशत । तर यो कमि नेपालको जस्तो कृÈिमा भएको ह्राशले गर्दा भएको होइन परन्तु उद्योग र व्यापार Ôेत्रमा भएको अत्यधिक प्रगतिको कारण्ँले देखिएकोे हो । झन्डै २ प्रतिशतको योगदान दिने कृÈिले पनि यो देशलाई खाद्यान्नमा झन्डै आत्मनिर्भर बनाएको छ । यहा“ केवल २ प्रतिशत मानिसको मात्र कृÈिमा संलग्नता छ जसबाट ९८ प्रतिशत खाद्यान्नको माग पूर्तिभएको छ । यो सम्भब भएको हो यहा“का कृÈकहरुको अत्यधिक जा“गर, मौलिक खोजहरु र उन्नत कृÈि प्रविधिको अध्ययन र अनुसन्धान बाट । भूकम्प पछि, नेपालमानै निर्माण्ँको लागि ठूलो अतिरिक्त जनशक्तिको आवश्यकता परिरहेको छ । तर युवाशक्तिलाई कसरि निर्माण्ँमा लगाई देशमानै टिकाउने भन्ने योजना सरकारले हालै प्रस्तुत गरेको ’नीति तथा कार्यक्रम’ मा देखिन्न । उता, विदेश गए कडा परिश्रम गर्ने तर स्वदेशमा परिश्रम नगर्ने इच्छाले विमानस्थलमा श्रम रोजगारहरुको घुइंचो उस्तै छ । अझ, सरकारको भिसा, टिकट र लेबीमा शुन्य प्रोसेसिंग चार्जको घोसण्ाँले बाहिर जानेको भीड अझै बढाउने निश्चित छ । 
इजराइलको कृÈि भन्दा हाम्रो कृÈिको कथा आर्कै छ । २०११ को कृÈि गण्ँनामा, ७१ प्रतिशत नेपाली कृÈिमा निर्भर भएको र देशको करिब ३० प्रतिशत भूभागमा अन्न–तरकारी रोपिएको देखिन्छ । तर अहिले कुनै खाध्द्यान्नमा पनि हामी आत्मनिर्भर छैनौ । केहि बर्È पहिलेसम्म हाम्रो धान विदेश निर्यात हुन्थ्यो जबकी गत आर्थिक बर्Èको पहिलो १० महिनामा नै हामीले भारतबाट १ लाख टन भन्दा बढीको चामल किनेका छौ जसको बजार मूल्य २० अर्ब २५ करोड रुपैया हुनआउंछ जो गत आवको सोही अवधिभन्दा ३६ प्रतिशतले बढी हो । यसैगरी करोडौको फलफूल र तरकारी समेत आयात गरिरहेका छौ । देशमा कमाएको र विप्रेÈण्ँ बाट भित्रिएको करिब ८५ प्रतिशत पुंजी बिदेशमा नै फर्किएर जा“दैछ । गत आवमा हामीले ५७५ खर्बको व्यापार घाटा ब्योहर्नु परेको थियो । यी हाम्रा अल्छिपना र परनिर्भरतामा भएको बृध्दिको जल्दाबल्दा आ“कडा हुन् ।       
भैचालोले ल्याएको अल्छिपना
मनसुने वर्Èा संगै देशमा बाढी–पैरो आउन थालेको छ । आकाशे पानीले मात्र यो देशलाइ दुखःदिन थालेको होइन, बाहिरको पैसाको बाढी पनि भैचालोसंगै पस्दै छ, त्यो पनि अथाह संग । गत आवकोे ८५ अर्बकोे विकास बजेटमा  केवल १९ प्रतिशत अर्थत करिब १६ अर्ब मात्र खर्च भएकोे थियो । यसरि नियमित विकास बजेटको पा“चौ हिस्सा सम्म खर्च गर्न नसकेर फर्किएरजाने देशमा ४ खर्ब ४० अर्बको थपुवा बिदेशी पैसाको बाढी भूकम्पको राहतस्वरूप पस्दै छ । यो पैसाले देशमा अर्को प्रलय ल्याउने देखिन्छ । अनियन्त्रित पैसाले अनियन्त्रित मौद्रिक समस्या ल्याऊछ जसमद्ये प्रमुख हो, मुद्रास्फीति । अर्थमन्त्रालयले आउ“दो आवमा ९.६ प्रतिशतको मुद्रास्फीतिको अनुमान गरेको छ जो यो ४.४ खर्बको अतिरिक्त आय बिनाको अनुमान हो । यो पंतिकारको एक अध्यनलाई आधार मान्दा यो थपुवा पैसाले देशमा करिब १३ प्रतिशतको मुद्रास्फीति ल्याउने देखिन्छ । त्यसको अर्थहो यो थपुवा पैसाको बाढीले अर्थतन्त्रमा पहिरो नै निम्त्याउने छ । तर यति धेरै महगी नबढ्ला किनकि देशमा भ्रष्टाचार त छदैछ । यो सहयोगको कति प्रतिशत सा“च्चीकै नेपाली बजारमा प्रवाहित हुन्छ र कति भ्रष्टाचारको रुपमा देश बाहिर पलायन हुन्छ त्यसमा पनि भरपर्छ । नेपालमा भ्रष्टाचारको प्रमुख बाटो हो कमिसन । बजेटमा किटान भएको र अनुगमन तथा महालेखा परिÔकबाट परिÔण्ँ गरिने  बाटो, पूल बिजुलीको विकासे काममा समेत २५ प्रतिशत देखि माथिको कमिसन बुझाउनुपर्ने नियम त स्थापित नै छ, भनिन्छ । भने, यो अतिरित्त आयमा जहा“ फास्ट–ट्रयाकको विकासे मोडल र सबै दलको तैचुप मैचुप भनिने ‘सर्व दलीय संयन्त्र’को भागबन्डा हुनेछ– यो कमिसनको राशी पकै डबलीनेछ । त्यसैले यस्ता भ्रष्टाचारले एउटा फाइदा त गरेको देखिन्छ नै, महंगी नियन्त्रित गरेर । किनभने जति ठूलो कालोधन भयो त्यतिनै टाडाको देशमा त्यो जम्माहुन्छ भन्ने पनि देखिन्छ । सानोतिनो रकम रेस्टुरामा खानपिन गरेर सकिन्छ भने त्यो भन्दा केहि ठूलो रकम देश भित्रैका मझौला उद्योग ब्यापारमा, त्यो भन्दा ठूलो रकम छिमेकि देशमा र ज्यादै ठूलो रकम सात समुद्रपार गईरहेको देखिन्छ । यस पल्टको यस्तो कमाईको ठूलो भाग छिमेकि मुलुकमा र सानो भाग स्विस बैंकहरुमा जाने देखिन्छ । तर पैसाको यस्तो खोलोले नेपाली अझै बढी अल्छि हुने निश्चित छ ।
राहतले झनै अल्छि बनाउन सक्छ
भैचालो प्रभावित Ôेत्रमा ठूलो मात्रामा राहतको खाद्यान्न पुगेको छ । ज्यादै बिकट Ôेत्रमा राहत पुगेन भने मध्यम बिकट र सुगममा सबैतिरबाट थुप्रियो । यसरी अत्यधिक थुप्र्रिएको राहत ले स्थानीयको जीवनशैली बिगारेको छ । कैयौ Ôेत्रमा परिवारलाई बर्È दिनमा पनि नसक्किने राहतको खाद्यान्न थुप्रिएको छ जसले गर्दा परनिर्भरता बढेको छ ।  खानै नसकिने गरि अन्न थुप्रिएपछि अचेल गाउ“–घरमा यसैलाई कुहाएर रक्सि बनाउन थालिएको छ । यो परनिर्भरताले उब्जाएको अल्छिपनाले यो बर्È कृÈि झनै बिग्रिने देखिंदै छ भने यसबाट आउ“दा दिनहरुमा पनि असर पर्दैजाने देखिन्छ । यो राहत बाड्ने काम भैचालो गएको दुई महिना बितिसक्दा पनि अझै चल्दैछ । शुरुका केहि दिन राहत आवश्यक पर्ने भएपनि यो लामो समयको बितरण्ँले उल्टो असर पर्नसक्छ । दशक अगाडी जुम्ला, हुम्ला, बाजुरा जस्ता दुर्गममा अनिकाल पर्दा सरकारले खाद्यान्न बितरण्ँगर्न शुरु गर्यो । त्यसपछिका बर्Èमा मौसमले साथ दिदापनि ति भेकका जनताले खेति गरेनन किनकि राहत खाद्यान्न मनग्य थियो । क्रमशः उर्बर फा“टहरु उजाड रहन थाले र जनता सरकारी राहत लिन सदरमुकाम धाउन थाले । यो क्र्रम ति भेगमा अहिले पनि कायमनै छ । मानिसलाई यस्ता आवश्यकता भन्दा बढीको राहतले अल्छि र सरकारी मुखताक्ने, परनिर्भर बनाउने रहेछ । अहिलेका भूकम्प पिढित, बाढी पैरो पिढितहरुलाई पनि आत्मनिर्भर बनाउन पट्टी सरकारले ध्यान पुर्याउनु आवश्यक छ ।
संबिधान राम्रो नराम्रो जस्तो भएपनि एक प्रति आउन लागेको देखिन्छ । यसले देशमा केहि स्थिरता दिनेछ । राजनैतिक दलले गर्नुपर्ने अबको पहिलो काम १६ बर्ष पछि हुनखोजेको स्थानीय निकायको चुनाव र स्थानीय युवाहरुलाई विकासनिर्माणमा लगाउने बातावरण दिने हो । सरकारले आगामी बर्षको कार्यक्रम प्रस्तुतगर्दा स्थानीय चुनावको बचन दिनु यस सरकारको सकारात्मक घोसणा हो, तर स्थानीय युवाहरु निर्माणमा कसरि परिचालन गरिन्छन भन्ने प्रष्ट, ठोस योजना नहुनु दुखद पक्ष हो । स्थानीय जनप्रतिनिधीहरु नहु“दा विनाशको सही तथ्यांक पनि आउन सकेन भने यी नहुँदा अबको पुनर्निमाण्ँको प्रकृया पनि सहज हुनेछैन । श्रमशक्तिको अभाव र युवाशक्तिको पलायन रोकिने छैन । त्यसैले स्थानीय निकायको चुनावगरी जनप्रतिनिधिलाई बढी अधिकार दिनु, पुनर्निमाणको लागि मात्र होइन त्यसपछिको विकास निर्माणको लागि पनि त्यत्तिकै आवश्यक देखिन्छ ।