आयस्रोत नबढ्दै र बेरोजगारी नघट्दै आमजनताको दैनिकीमा परेको तीव्र कर वृद्धिको चापले— सरकारप्रति वितृष्णा त बढेको छ नै, यसले वर्तमान व्यवस्था परिवर्तनका लागि बीजारोपण गरेको आभाससमेत दिँदैछ । सरकारले आफ्नै बजेट भाषणमा देशका झन्डै एक चौथाइ जनता निरपेक्ष गरिबीमा बाँचिरहेका भनेको भए पनि त्यस्ता गरिबलाई कसरी आयआर्जनमा लगाउन सकिन्छ भन्ने कार्यक्रम बनाउनुभन्दा यी बग्रेल्ती थपिएका सांसद र जनप्रतिनिधिहरूको ध्यान आफ्नै तलबभत्ता बढाउनतर्फ लागेको समाचारले देश नै आतंकित बनेको छ । एकातिर निम्न आय भएका जनताको आयमा समेत करको चर्को हमला हुनु र अर्कातिर सरकारले दिने सुविधा कटौती गर्दै जानु र सांसद÷जनप्रतिनिधिहरूले आफ्नो तलबभत्ता बढाउनुबाट जनताका घाउमा चुक लगाएको छ ।
तीन तहका सरकारले थपेका कर र करयोग्य वस्तु एवं सेवाका बारेमा दन्त्यकथाझैँ लाग्ने समाचारले देशका प्रमुख दैनिकहरू भरिएका छन् । ठूलो आयको व्यापार, उद्योग–व्यवसाय नगर्ने सामान्य व्यक्तिहरू सबैभन्दा मर्कामा परेका छन् । आफ्नो आय नबढ्दा पनि रातारात आफू अचानक साढे ११ हजारभन्दा बढी कमाउने भएको केही महिनापहिले यिनले प्रतिव्यक्ति आय बढेको सरकारी घोषणाबाट सुनेका थिए । तिनै व्यक्तिहरू अहिले २५ गुना कर बढेको समाचारले मर्माहत छन् । दोलखा, भीमेश्वरमा अघिल्लो वर्ष डेढ सय तिरेको जग्गाको कर २६ गुना बढेर साढे ३८ सय पुगेको समाचार छापिएको छ । स्थानीय सरकारले कुखुरापालनामा छुट्टै कर हुँदाहुदै कुखुरा र अन्डामा समेत थप कर लगाएको छ । नदी तर्न पुल नभएका जनताले प्रत्येकपल्ट डुंगा चढ्दा रु. २५ सम्मको अतिरिक्त कर दिनुपर्ने भएको छ । सरकारले लगाएको खोला तर्दाको कर, चटपटेको कर, ठेलागाडीमा तरकारी बेच्ने कर, मकै पोल्या कर, अन्डा कर, माछा मार्दाको करजस्ता हास्यप्रद करहरूको सूची लामो छ । करिब दुई दशकपछि निर्वाचित स्थानीय सरकार आएपछि आफ्ना धेरै समस्याको समाधान हुन्छ भनेर हौसिएकाहरू, स्थानीय सरकारले गरेको यस्ता कर वृद्धिबाट आक्रोशित हुँदै गएका छन् ।
बढेको दर र दायराबाट साना करदाता उम्केलान् भनेर ठेक्केदारसम्म खटाएको छ, तर ठूला करदाता सधैं छुटमा पल्केका छन् । एकातिर यसरी सामान्य जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने गरी सबैतिरबाट कर बढाइएको छ भने अर्कातिर जम्मा हुने राजस्वलाई भ्रष्टाचार हुनबाट रोक्ने सरकारी संयन्त्र लगभग बेकम्मा छन् । बैंक र सहकारीमा जनताका करोडौंको सञ्चित रकम ठगी गरेका ठूला माछाहरू सामान्य सजायपछि कानुनतः अभयदान पाएर स्वछन्दसँग बसेका छन् । हालसालै झन्डै ४ टन सुन, जसको अहिलेको बजार मूल्य करिब १८ अर्ब हुन आउँछ, सजिलै ‘तैं चुप मै चुप’ भएर हराएको छ । कर छल्ने बानी परेका ठूला व्यवसायीहरूप्रति सरकार उदार हुने गरेको तथ्य बेला–बेलामा दिइने कर छुट र कर फछ्र्याेट आयोग गठनबाट देखिन्छ । झन्डै १ हजार ७० ठूला करदाताले अटेर गरेर नतिरेको ३० अर्ब ५२ करोडमाथिको लाई २०७१ सालमा गठित कर फछ्र्याेट आयोगले ९ अर्ब ५४ करोड तिरे पुग्ने गरी मिलायो अर्थात् झन्डै २१ अर्बको सरकारलाई बुझाउनुपर्ने कर लापत्ता भयोे । यस्ता राजस्वमारा आयोग अब फेरि बन्दैनन् भन्न सकिन्न ।
‘’ भन्नाले वर्षायाममा, आर्थिक वर्षको अन्त्यको चटारोमा, कमसल गुणस्तरको सामानले तुरुन्तै बिग्रिने गरी बनाइने बाटो, पुलपुलेसा हुन्, जसमा समय अभावको निहुँ पारेर सरकारी अनुगमन जाँदैन, तर खर्च सदर हुन्छ । यस्तो कच्चा काममा गरिने विकास खर्चले यही सरकारको पालामा समेत छलाङ मारेको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनासम्म विकास खर्चमा ३५ प्रतिशतको सुस्तता देखिएकोमा त्यसपछिको दुई महिनामा १३ प्रतिशत र अन्तिम एक महिनामा मात्रै ३२ प्रतिशत थप खर्च गरिएर कुल विकास बजेटको ८० प्रतिशत खर्च भएको देखाइएको छ । यो ‘मनसुन विकास’ले बनाएका कालोपत्रे बाटो, नहर, पुलहरू दुई–तीन हप्तामै भत्किएको समाचार अचेल आउँदैछन् । यसैगरी सरकारी खर्चमा गरिने अर्को भाँडभैलो भनेको बेरुजु खर्च हो । योजनामा निर्देशित शीर्षकभन्दा अन्यन्त्र मनपरीसँग गरिने खर्चले हरेक वर्ष सरकारी रकम बढेको बढ्यै छ । गत आवसम्ममा सरकारको बेरुजु रु. ५ खर्ब नाघेको थियो, जो अघिल्लो वर्षको भन्दा २६ प्रतिशतले बढेको हो । यसरी सरकार जनतासँग जसरी कडाइका साथ कर लिन कठोर भएको देखिन्छ, राजस्व सही ठाउँमा लगाउन कर्मचारी तन्त्रमा त्यही कठोर वित्तीय अनुशासन लगाउन भने सरकार असक्षम देखिन्छ । यसले जनताको करमा ब्रह्मलुट रोकिने देखिन्न ।
देशले अहिले दुई प्रकारका नागरिक भएको दुखद परिणाम भोग्दैछ । एक थरी जो जीविका चलाउन अनेक कष्टसँग मेहनत गर्छन्, नियम–कानुनमा बाँधिन्छन् र पनि सधै अभावमा बाँच्न बाध्य छन् । अर्काथरी जसलाई नियम–कानुन लाग्दैन, नियम उल्लंघन गर्दा पनि सजिलै उन्मुक्ति पाउँछन् र विलासी जीवन बिताउँदै बसेका छन् । अर्थमन्त्रीले विश्व बैंकबाट करिब ११ अर्बबराबरको ऋण ल्याएको मूलतः संघीयताको महँगो खर्च धान्नका लागि मात्र हो भन्ने विश्लेषकहरूको धारणा छ । यदि यो सत्य हो भने दुखद हो, किनकि कर्मचारी पाल्न मात्र ल्याइएको ऋण नेपालीको टाउकोमा त थपिनेछ, तर यसले विकास–निर्माण गर्दैन, ऋण तिर्न जनतामा करको भार भने थप्नेछ ।
सरकारले कर उठाउन पाउँछ । सरकारका काम–कारबाही जनताबाट उठेको करबाटै चल्ने हो । तर, वर्तमान समयमा स्थानीय र प्रादेशिक सरकारहरूले लगाएका नयाँ–नयाँ करहरूबाट जनता आशंकित र आतंकित हुनुको प्रमुख दुई कारण छन् । पहिलो, निम्न आयका जनता, कर तिर्न सक्षम नै छैनन् । मकै पोल्ने, गाडामा तरकारी बेच्ने जस्ता निम्न वर्गलाई लक्षित कतिपय कर अन्यायपूर्ण छन्, यो हटाउनुपर्ने देखिन्छ । यस्ता वर्गमा लगाइएका कर यस कारण पनि अन्यायपूर्ण हुन्, किनकि १ सय रुपैयाँ मात्र पनि उनीहरूको दैनिक आर्जनबाट काटिँदा आश्रित परिवारले पेट कस्नुपर्ने हुन्छ । उता, सरकारको ठूला करदातालाई छुट दिने मनसाय कायम रहेको र दायरा बढाउँदा राम्रो आय गर्ने समूहहरू भने नसमेटिएको देखिन्छ । जस्तो, काठमाडौँजस्ता सहरमा डाक्टरका क्लिनिकहरूमा अत्यधिक भीड देखिन्छ । एउटै क्लिनिकमा दिनको लाखसम्म बिरामीले बुझाउँछन्, तर प्रायःमा, सानो कागजको टुक्रोमा कलमले कोरेको चिटबाट डाक्टरलाई जँचाउने गरिन्छ, जुन सरकारसम्म पुग्ने सम्भावना देखिन्न । उदाहरणका लागि गत वर्ष त्रिवेणी डिस्ट्रिलरीले ३ अर्ब ३९ करोडको छुट, गोर्खा बु्रअरीले ८६ करोडको छुट र एनसेलको ५४ करोडको छुट पाएका थिए । यस्ता एउटै ठूला करदातालाई कानुनले तिर्नुपर्ने कर तिर्न बाध्य गर्न सके पनि लाखौं निम्न आयका जनतामा अतिरिक्त करको बोझ थप्न नपर्ने देखिन्छ । त्यसैले यस्ता निम्न आय समूहमा लगाइएको करको पुनरावलोकन गरेर तुरुन्त हटाउनुपर्छ । अहिलेको करबाट आतंकित हुनुको दोस्रो कारण, उठाइएको करको दुरुपयोग हो । सिद्धान्ततः जुन समूह या कार्यक्षेत्रबाट कर उठाइन्छ त्यसैको विकासका लागि राजस्व खर्च गर्नुपर्छ । डुंगा तर्दा उठाएको कर त्यहाँ पुल बनाउन खर्च हुनुपर्यो, न कि कर्मचारीका तलबभत्ता बढाउन । तर, करदातालाई सरकारको रवैया देख्दा करको यस्तो सदुपयोग होला जस्तो लागेको छैन । झन्डै एक वर्षको कार्यकालमा स्थानीय सरकारले स्थानीय जनताका आधारभूत सुविधा, जो भताभुंगको स्थितिमा थिए, लाई सुधार्ने कुनै काम गरेको देखिन्न । सहरका बाटो उस्तै लथालिंग छन् । गाउँघरमा इन्जिनियर नराखी खोलिएका बाटाहरू उत्तिकै ज्यानमारा छन् । यातायातको भाँडभैलो उस्तै छ । न खानेपानीमा कुनै सुधार आएको छ, न फोहोर व्यवस्थापनमा । न किसानले राम्रो बीउ पाएका छन्, न मलखाद । जुन काम ठूलो रकम नलाग्ने र सामान्य व्यवस्थापन गरेर सम्भव छ, त्यो पनि जनप्रतिनिधिहरूले गरिएको देखिन्न । बरु उनीहरूको पहिलो काम आफ्नो तलब मनग्य तोक्ने, आफू चढ्ने गाडीको टेन्डर खोल्ने जस्ता देखिए । वृद्धभत्ता र पेन्सनमा नियन्त्रण गरेको सरकार संवैधानिक अंगबाट निवृत भएकाहरूका लागि भने दिल खोलेर उदार भएको छ । मोटरसाइकल र मोटरलाई विलासिता वस्तुको सूचीमा राखेर भन्सार निष्फिक्री बढाउने गरिए पनि सरकारका सबै उच्चस्तरका अधिकृत र मन्त्रीहरू आफूहरू १ देखि २ करोडसम्मका गाडी मात्र चढ्ने गरेको समाचारले जनता अचम्भित बनेका छन् । प्रदेश १ को सरकारले गाडी किन्न मात्र झन्डै ४० करोड छुट्ट्याएको छ, जसमा मुख्यमन्त्रीको गाडीलाई नै दुई करोड छुट्ट्याइएको छ । सुर्खेत, बर्दिया, सप्तरीमा बर्सेनि बाढी आउँछ । चार वर्षपहिले सुर्खेत र बर्दियामा आएको बाढीमा सयौ घरबारको धनजन नाश भयो, घर बगायो, तर अझै तिनीहरूको पुनर्वास हुन सकेको छैन । तीन वर्षअघि आएको महाभूकम्पले घरबारविहीन भएका करिब ७ लाख घरपरिवार आजको मितिसम्ममा अझै बिचल्लीमा छन्, किनकि त्यसमध्ये ३७ प्रतिशतको मात्र घर बनिसकेको जानकारी पुनर्निर्माण प्राधिकरणको वेबसाइटमै भेटिन्छ ।
अत्यधिक करले विकृति जन्माउने निश्चित छ, भ्रष्टाचार बढ्ने निश्चित छ । एसिया फाउन्डेसनले केही महिना पहिले गरेको देशव्यापी सर्वेक्षणमा राजनीतिक दलहरूप्रति ७.३ प्रतिशत जनताको मात्र पूरा भरोसा रहेको र स्थानीय नेतृत्वप्रति ९.५ प्रतिशतको मात्र पूर्ण आस्था रहेको देखिएको थियो । जनतामा व्याप्त अहिलेको यो कर आतंकलाई व्यावहारिक भएर समयमै सम्बोधन र पुनरावलोकन गर्नु जरुरी छ । नत्र सामान्य जनताका असन्तुष्टिलाई कुनै अवाञ्छनीय तŒवले ‘भुसमा आगो’ लगाएजस्तै देशमा ठूलो उत्पाद गर्न प्रयोग गर्न सक्छ । संसारमा धेरैपल्ट तानाशाह र तानाशाही व्यवस्था यस्तै परिस्थितिमा हुर्केको इतिहासले बताउँछ ।
Showing posts with label बेरुजु. Show all posts

Wednesday, August 22, 2018
Monday, June 16, 2014
रकमान्तरको वैधानिकता र बजेट: (कारोबार दैनिक , आशार २ , २०७१ )
--------------------------------------------------------------------------------------
हिजोआज नेपालको बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा आयोजनाहरू वर्षभरि नै थपघट र फेरबदल भइरहने, बेरुजु बढ्दै जाने र रकमान्तर नियमित प्रक्रिया बनेको छ । यसैगरी वर्षका ८ महिना पुँजीगत खर्च प्रयोग हुन नसक्ने र आर्थिक वर्षको अन्तिम ३–४ महिनामा यसकोे अन्धाधुन्ध खर्च गरिने परिपाटी बनेको छ ।
---------------------------------------------------------------------------------------
रकमान्तरका विषयमा सरकार र विपक्षीबीचको जुहारी सकिएपछि व्यवस्थापिका संसद्मा पूर्वबजेट छलफल आरम्भ भएको छ । यद्यपि रकमान्तरको विषय अझै टुंगिसकेको छैन । पूर्वघोषित कार्यक्रमका लागि छुट्ट्याइएको बजेट आफूखुसी रकमान्तर गर्नु कार्यपालिकाको आर्थिक बदमासी नै हो । के व्यवस्थापिका संसद् (हाल नेपालमा एकमात्र संसद् भएकाले यसलाई प्रतिनिधिसभा भनिए पनि हुन्छ) मा छलफल भई पास गरिएको बजेटमा भएको विभिन्न आयोजना र कार्यक्रमका सिलिङहरू एउटाबाट अर्कोमा, सरकारमा बसेकाले आफूखुसी रकमान्तर गर्न पाइन्छ, त्यो पनि खर्बको हाराहारीमा ? आव ०६५÷६६ देखिको ६ वर्षमा २.२५ खर्बको बजेट रकमान्तर गरी अर्कै प्रयोजनका लागि खर्च भएको छ । रकमान्तरको विवादले सरकार, संसद् र राजनीतिक पार्टीहरूमा जुहारी नै चल्यो । एकातिर रकमान्तरको विरोध अहिले संसद्भित्रै एमाओवादीलगायतका पार्टीहरूबाट भइरहेको छ भने सार्वजनिक लेखासमितिले ५ वर्षको अवधिमा भएको रकमान्तरको यथार्थ विवरण पठाउन अर्थमन्त्रालयलाई कडा निर्देशन दिएको छ, जसअनुसार सरकारले विवरण संसदसमक्ष पठाइसकेको छ । अर्कातिर, लामो समय अर्थसचिव भएका रामेश्वर खनालको “रकमान्तरमा संसद अवरोध ‘औचित्यहीन’ ...... यस्तो पहिले देखि हँुदै आएको परिपाटी हो” भन्ने टिप्पणी सार्वजनिक भएको छ । सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरू रकमान्तरको बचावका लागि कडा वकालत गर्दैछन् । स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिने क्रममा रकमान्तर अहिलेदेखि सुरु भएको नभइ विगतदेखिकै अभ्यास भएको बताए भने पूर्वअर्थमन्त्री एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले यसलाई धूम्रपानको कुलतसँगै जोड्दै कुलत सिक्न नहुने टिप्पणी गरे । यस्तोमा सामान्य मान्छे यस्ता जुहारीले रनभुल्लमा पर्नु स्वाभाविक हो ।
पूर्वअर्थसचिवलगायत अर्थ मन्त्रालयको जिम्मेवारी पाएको दलको धारणा हास्यप्रद भएको कुरा बजेटको आवश्यकता र प्रयोजन बुझ्ने जो कोहीले सजिलै बुझ्ने कुरा हो । अर्थशास्त्रीका अनुसार रकमान्तर दुई कारणले गर्ने गरिन्छ । अचानक भैपरी आएको समस्याको व्यवस्थापनका लागि, जस्तो विगतमा माओवादी शिविर व्यवस्थापनको लागि गर्नुपरेको थियो र दोस्रो, कुनै छुट्ट्याएको शीर्षकको रकम खर्च नहुँदा र अर्कोमा नपुग्दा गरिने रकमान्तर । आर्थिक कार्यविधि ऐन २०५५ र आर्थिक कार्यविधि नियमावली २०६४ ले रकमान्तरसम्बन्धी व्यवस्था गरेको छ । आर्थिक कार्यविधि ऐन २०५५ को दफा ५५ बमोजिम अर्थमन्त्रालये तोकिएको कुनै शीर्षकमा रकम बचत हुने भएमा विनियोजना ऐनको सीमाभित्र रहेर अर्को शीर्षकमा रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो भनिरहँदा सम्झिनुपर्ने कुरा हो— बजेटको प्रयोजन । बजेट भनेको राष्ट्रिय योजनाहरू (जो तल्लो स्तरबाट अनेकांै चरण पार गरी बन्छन् र जसले जनचाहनाको प्रतिनिधित्व गरेको हुन्छ ) का लागि, एवं सरकारका पूर्वघोषित नीतिअनुसारको खर्चका लागि प्रतिनिधिसभाको अनुमोदन लिएर बन्ने राष्ट्रिय खर्चको श्वेतपत्र हो । जो विधायिकाबाट पारित भएपछि कानुनसरह गरी लागू हुन्छ । आर्थिक ऐन र अन्य सहायक ऐनहरूले यसको कार्यान्वयनलाई सुनिश्चित तुल्याउँछन् । बजेट वित्तीय दस्तावेज हो, जसमा एक आर्थिक वर्षभित्र सरकारको आम्दानी र खर्चको हिसाबकिताब मात्रै नभई सम्पूर्ण वित्तीय व्यवस्थापनका पक्षलाई नै समेटेको हुन्छ । कार्यक्रम तर्जुमादेखि कार्यान्वयन, रकम भुक्तानी, खरिद प्रक्रिया, लेखाप्रणाली र रिपोर्टिङसम्मका गतिविधि सार्वजनिक वित्तीय व्यवस्थापनभित्रै पर्छन् । त्यसैले विनियोजित बजेट पूर्वघोषित कार्यक्रमका लागि नै खर्च गर्नुपर्छ । यसरी बनेको बजेटको एक शीर्षकबाट अर्कोमा रकमान्तर गर्नु भनेको राष्ट्रिय योजना र बजेट बन्ने मूलभूत सिद्धान्तहरूको खिल्ली उडाउनु हो, आर्थिक अनुशासनहीनता र नीतिगत भ्रष्टाचार नै हो । आर्थिक वर्षको अन्तिम समयमा आएर गरिने रकमान्तरले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहित गर्छ । रकमान्तर गर्नुको एउटा कारण अचानक भैपरी आएको समस्याको व्यवस्थापनका लागि हो । तर, यस्ता अचानक भैपरी आएका ठूला समस्याहरू विगतमा कति भए र के हरेक वर्ष भएका छन् भन्ने प्रश्न आमरूपमा उठेको छ, तर हरेक वर्ष ठूलो रकमान्तर भएको देखिन्छ । तथ्यांकअनुसार, गत आव ०७०÷७१ को बजेट ५ सय १७ अर्ब २४ करोडको थियो, जसमा झन्डै ७ प्रतिशत अर्थात् ३५ अर्ब ३१ करोड रकमान्तर भएको थियो । यसैगरी अघिल्लो वर्ष ०६९÷७० मा ९ प्रतिशत र सबैभन्दा धेरै रकमान्तर ०६५÷६६ मा ४५ अर्ब ७ करोड भएको देखिन्छ, जुनबेला सरकारमा एमाआवादी थियो । रकमान्तरले सरकारलाई भ्रष्टाचारको सजिलो बाटो खोल्छ, जस्तो— राष्ट्रिय महŒवका योजना जस्तो सडक, खानेपानी स्कुल बनाउनुपर्ने बजेट सरकारी ढिलासुस्ती र अक्षमताले गर्दा अगाडि बढ्न सकेन भने त्यसका लागि छुट्ट्याइएको रकम रकमान्तरको सजिलो अस्त्र प्रयोग गरी नक्कली उपभोक्ता समूहहरू खडा गरी आफ्नो चुनाव क्षेत्रमा लगी आफ्नै कार्यकर्ता पोस्ने कार्यक्रममा खर्च गर्ने । यसरी पछि थपिएका कार्यक्रम प्रायः हचुवा, गाउँको विकास नहुने प्रकारका हुन्छन् । यहाँ, कसको नालायिकीले गर्दा पूर्वघोषित कार्यक्रम र बजेट खर्च हुन नसकिएर थुप्रिएको होे, त्यसबारे अनुसन्धान हुनु बढी आवश्यक देखिन्छ । रकमान्तरको अहिलेको लफडाले बजेट र योजनाका केही अन्य पक्षहरूलाई पनि सतहमा ल्याएको छ ।
हिजोआज नेपालको बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा आयोजनाहरू वर्षभरि नै थपघट र फेरबदल भइरहने, बेरुजु बढ्दै जाने र रकमान्तर नियमित प्रक्रिया बनेको छ । यसैगरी वर्षका ८ महिना पुँजीगत खर्च प्रयोग हुन नसक्ने र आर्थिक वर्षको अन्तिम ३–४ महिनामा यसकोे अन्धाधुन्ध खर्च गरिने परिपाटी बनेको छ । त्यसमा पनि ६० प्रतिशत रकम त बजेट दिग्दर्शनले तोकेविपरीत असार मसान्तमा खर्च हुने गरेको छ । यी सबै बजेट कार्यान्वयनका नियमित समस्या बनेका छन् । चालू आर्थिक वर्षको ९ महिनामा केवल १६ प्रतिशत पुँजीगत खर्च भएको छ । भनिरहनु पर्दैन, बाँकी भएको ८४ प्रतिशत रकम हचुवाको भरमा अन्तिम महिनामा सक्दो उडाइन्छ । रकमान्तर केवल यसको एक श्रृङ्खला हो । योजना र बजेट प्रक्रियामा जनसहभागिता न्यून भएको छ भने कार्यान्वयन औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ । यसप्रकारको आर्थिक अनियमितता र बजेटको मनपरी प्रयोग सबै कालका सरकारले गरेका छन् । तर, पहिलेको सरकारले गरेका अनियमित काम यो सरकारले पनि गर्न पाउनुपर्छ भन्ने तर्क गलत हो । बजेट निर्माण गर्ने पूर्वसन्ध्यामा अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगमा उद्योेगी–व्यापारी, राजनीतिक कार्यकर्ता–नेताहरूको भीड लागेको हुन्छ । बुद्धिजीवी र विज्ञहरूको विरोधको बाबजुद सरकारले हचुवा निवेदनको भरमा कनिका छरेझैँ प्रत्येक सभासद÷सांसदका लागि रकम बाँड्ने गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको भागमा पनि ५० लाख परेकोे छापामा आएको थियो । अर्थको कृपापात्र सबैमा बाँडिएको यस्तोे रकम करिब ६० करोड पुगेको अनुमान छ । यो बाँडचुँड कुन योजनाअन्तर्गत गरिएको हो ? के यसरी छरिएको रकम गाउँसम्म पुग्छ ? कि यो चुनाव खर्चको क्षतिपूर्ति हो ? योे पैसा छराई रकमान्तरको जादुबाट नै सम्भव भएको हो । आव २०६९÷७० मा असुल गर्न बाँकीमध्ये ५६ प्रतिशत बेरुजु अर्थमन्त्रालयको मात्रै भएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । अर्थमन्त्रालय वित्तीय अनुशासन पालन गराउने निकाय हो । तर, तथ्यांकहरू बोल्छन्, अर्थमन्त्रालयले हरेक वर्ष भैपरी शीर्षकमा ठूलो रकम ओगटेर राख्छ र त्यो रकम वर्षान्तमा रकमान्तर गरेर बाँडचुँड गरिन्छ । यसबाट प्रस्ट हुन्छ, आजको मितिसम्ममा सबैभन्दा आर्थिक अनुशासनहीनतामा कसले नेतृत्व गरेको रहेछ र विगतमा अर्थमन्त्रालयका लागि किन ठूला मनमुटाव हुन्थ्यो अनि सरकारी भ्रष्टाचारको मूल जरो कहाँ रहेछ ।
राष्ट्रिय बजेट र योजनामा ‘लुटको धन, फुपूको श्राद्ध’ झैँ गरी अनियमितताको खेल हुनु राष्ट्रिय अर्थतन्त्रका लागि घातक कुरा हो । यसको अनुशासित कार्यान्वयन देश विकासको मेरुदण्ड भएकाले यसको खबरदारी र अनुगमनका लागि सम्पूर्ण सञ्चार जगत, विज्ञ समाज, राजनीतिक दल र नेताहरूसचेत र सक्रिय हुनु आवश्यक छ । आशा गरौं, वर्तमान सरकार र आउँदा सरकारहरूले वित्तीय अनुशासन पालन गर्नेछन्; रकमान्तरको प्रयास गर्नेछैनन्, यसमा गर्व गर्नेछैनन्, बेरुजु गर्ने छैनन् र गाउँका जनताबाट नै सिफारिश भएका, खोजिएका योजनाहरू नै सिंहदरबारमा पास हुनेछन् । यसका लागि सरकारका आर्थिक क्रियाकलाप चनाखो भई हेर्ने र यो सही तरिकाले भएको नदेखेमा हामी सबैले त्यसको भद्र विरोध गरे यस किसिमका आर्थिक अनुशासनहीनता कम भएर जानेछ ।

Subscribe to:
Posts (Atom)